Connect IPS
IME Life

विश्वको जुनसुकै स्थानबाट आईएमई मार्फत पठाएको पैसा अब शाइन रेसुङ्गाको मोबाइल एपमा प्राप्त गर्न सकिने

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले आइएमईसँंगको सहकार्यमा आफ्नो मोबाइल बैंकिङ्ग एपमा आईएमई रेमिट्यान्स सुविधालाई एकीकृत गरेको छ । ग्राहकहरूले अब कुनै पनि समयमा आईएमई रेमिटेन्सको रकम सिधै आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् । आधुनिक बैंकिङ्गलाई आत्मसाथ गर्दै डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राखेको यस बैंकले ग्राहकहरुलाई बैंकमा उपस्थित नभईकन पनि अनलाइनबाटै रेमिट्यान्स रकमको भुक्तानी लिन सकिने यस व्यवस्थाले धेरै नै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यसअघि, शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले आफ्नो मोबाइल बैंकिङ एपमा इसेवा रेमिट्यान्स (ईएमटी) सेवालाई पनि एकीकृत गरेको थियो, जसले गर्दा ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एपमार्फत रेमिट्यान्स प्राप्त गर्न सक्दथे । आगामी दिनहरुमा शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले अन्य रेमिट्यान्स सेवाहरु पनि एकीकृत गर्ने योजना बनाएको छ ।

Prabhu
Crest

सन् २००१ मा स्थापित आइएमई विप्रेषण सेवा प्रदायक नेतृत्वदायी रेमिटेन्स कम्पनी हो । जसले आजभन्दा २२ वर्ष अघि औपचारिक माध्यामबाट पहिलोपटक नेपालमा विदेशी मुद्रा भित्र्याउने कार्यको थालनी गरेको थियो । काठमाडौको पानीपोखरीमा केन्द्रीय कार्यालय रहेको यस कम्पनीले अमेरिका, मलेशिया, बेलायत, अष्ट्रेलिया, युएइ, कतार, साउदी अरव, जापान र भारत लगायतका मुलुकहरुबाट विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा रेमिट्यान्स भित्रयाउँदै आएको छ । आइएमई मुख्यत विश्वव्यापी रूपमा विप्रेषणको कारोवार गर्ने एवम् विदेशमा रहेका नेपालीहरुले दुःख गरि आर्जन गरेर पठाएको रकम सुरक्षित तरिकाले नेपालमा रहेका आफन्तहरूसम्म पु¥याउने माध्यम हो । अहिले विश्वव्यापी रूपमा आइएमईको ३५ भन्दा बढी देशमा, १५०, ००० भन्दा बढी भुक्तानी केन्द्र, तथा लाखौँ सन्तुष्ट ग्राहकहरु आवद्घ हुनुहुन्छ । यसर्थ आइएमई रेमिट्यान्स सेवाको प्रर्यावाची नाम हो ।

रेमिट्यान्स अहिले नेपाली अर्थतन्त्रको मेरुदण्ड सावित भएको छ । गत आर्थिक वर्ष २०७९÷८० को तथ्याङ्क अनुसार कुल ग्राहस्थ उत्पादनमा झन्डै २८ प्रतिशत बराबर रेमिट्यान्स मार्फत योगदान रहेको छ । आइएमईले नेपालको कुल रेमिट्यान्सको झण्डै ३० प्रतिशतको हाराहारीमा योगदान दिने गरेको छ । यस अर्थमा पनि राष्ट्रिय अर्थतन्त्रको योगदानमा आइएमईको विशिष्टकृत सम्बन्ध छ । त्यसैले आइएमईलाई समग्र विप्रेषण व्यवसायलाई संस्थागत गरेको श्रेय जान्छ ।

आइएमईले भरपुर रुपमा उच्चतम प्रविधिको प्रयोग गरेर आइएमई रेमिटको अनलाईन मनि ट्रान्सफर सिस्टम मार्फत रकमान्तर गर्दै आईरहेको छ । यसको प्रयोगबाट एकातिर सेवाग्राहिले छिटो र सजिलै सेवा प्राप्त गरिरहेका छन् भने अर्को तिर प्रविधिको प्रयोगले सुचनाहरु गोप्य र व्यवस्थित राख्न सरल पनि भएको छ । जसका कारणबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुन अनुसार संचालन गर्न, नियमन गर्न पनि सजिलो हुन्छ । आइएमईले अन्तर्राष्ट्रिय तर्फ नगद भुक्तानी तथा तुरुन्तै बैंक खातामा डिपोजिट गर्ने जस्ता सेवाहरुको विकाश गरि कार्य संचालन गरिरहेको छ ।

नेपालमा क्रियाशील बैंक तथा वित्तीय संस्था, सहकारी एवम् नीजि साझेदारसँगको सहकार्यमा १२,००० भन्दा बढी भुक्तानी काउण्टरहरु र २१६ आईएमई सेन्टर संचालनमा रहेका छन् । बैकिङ्ग सेवाबाट बञ्चित देशका विभिन्न ग्रामीणक्षेत्रमा समेत आइएमईले ४००० भन्दा बढी सहकारी संस्थाहरुसंग सहकार्य गरि आफ्नो सेवालाई प्रभावकारी तरिकाले संचालन गर्दै आइरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS