IME Life
Beema Board

बीमकले बक्याैता दाबी विवरण लुकाउँदा बीमितहरु लाभ लिनबाट बञ्चित

SPIL
NIC ASIA

काठमाडाै‌ं । जीवन बीमा कम्पनीहरूले बीमा अवधि पुरा भइसकेपछि पनि बीमितलाई दाबी भुक्तानी गर्नुपर्ने दायीत्ववापतकाे अर्ब रुपैयाँभन्दा बढी रकम आफूसँगै राखेर उपयाेग गरिरहेका छन् । एक दशकभन्दा लामाे समयदेखि सञ्चालनमा रहेका जीवन बीमा कम्पनीहरुले बीमा अवधि पुरा भइसकेपछि पनि दाबी भुक्तानी लिन सम्पर्कमा नआएका बीमित वा लाभग्राहीलाई भुक्तानी गर्न बाँकी रहेकाे रकमबाट उनीहरुले नै ब्याज लाभ लिइरहेका हुन् ।

भुक्तानी हुन बाँकी रहेकाे दाबी सम्बन्धी विवरण बीमकले आफ्नाे बेवसाइटमा बीमितकाे नाम सहित नियमितरुपमा अध्यावधिक गरेर सार्वजनिक गर्नुपर्नेमा यस्ताे विवरण पूर्णतः लुकाउने गरेका छन् । मेट लाइफ इन्स्याेरेन्सले मात्र परिपक्व बीमा दाबीवापत भुक्तानी लिन बाँकी रहेका बीमित सम्बन्धी विवरण सार्वजनिक गर्दै आएकाे छ। बाँकी जीवन बीमकले बीमित वा लाभग्राहीसँग जानकारी लुकाउँदा समेत नियामक नेपाल बीमा प्राधिकरणले बीमितकाे हित स‌ंरक्षणका लागी चासाे लिएकाे छैन ।

Prabhu
Crest

जीवन बीमा गरेपछि आयू छाेटिन्छ भन्ने समेत साँघुराे साेचले ग्रसित हाम्राे समाजमा अझै पनि आफूले जीवन बीमा गरेकाे बारे घरपरिवारका सदस्यलाई जानकारी नदिने, बीमालेखकाे फाइल सुरक्षित नराख्ने प्रवृत्तीका कारण बीमा परिपक्वतामा दाबी नगर्नेकाे संख्या पनि उल्लेख्य छ। बीमितकाे निधन पछि जानकारीकाे अभावमा तिनकाे परिवारजनले दाबी नै गर्न सकेका हुँदैनन्।

यसरी दाबी भुक्तानी गर्न याेग्य भइसक्दा पनि बीमा दाबी लिन बाँकी रहेका बीमा याेजनाहरूकाे दाबी भुक्तानी माग्न सकिन्छ।

दाबी नगरिएको रकमको कहिलेसम्म दाबी योग्य हुन्छ ?

दाबी याेग्य भइसकेका बीमालेखकाे रकम दाबी बीमित स्वयम् वा बीमितले इछ्याएकाे व्यक्ति वा कानूनी हकवालाले दाबी गर्न पाउँछन् । दाबी नगरिएको रकममा मृत्यु दाबी, परिपक्वता दाबी, अग्रिम भुक्तानी दाबीवापतकाे दाबी रकम समावेश गरिएकाे हुन्छ। यस्ताे दाबी रकम भुक्तानी गर्दा बीमा कम्पनीले बीमितसँग कुनै बीमाशुल्क वा बीमालेख कर्जाकाे साँवा वा ब्याज फिर्ता लिनुछ भने त्याे रकम कट्टा गरेर बाँकी रकम मात्र भुक्तानी गरिदिन्छ।

निर्जीवन बीमामा दुर्घटना बीमा वा आगलागी चाेरी लगायतका बीमावापत दाबीका लागी निश्चित समयअवधि ताेकिएकाे हुन्छ। निर्जीवन बीमामा दाबीका लागी घटना भएलगत्तै बीमकलाई जानकारी गराएर दाबीकाे अवसर सुनिश्चित गर्नुपर्छ। जीवन बीमामा घटना भएकै समयमा जानकारी दिनुपर्ने अनिवार्यता हुँदैन, सक्दाे चाँडाे चाहिँ जानकारी दिनुपर्छ। सामान्यतया बीमा अवधि पुरा भएकाे २० वर्ष पुरा हुँदासम्म पनि काेही जीवन बीमावापतकाे रकम दाबी गर्न नआएकाे अवस्थामा बीमा दाबीवापतकाे रकम सरकारी काेषमा जम्मा गर्ने अभ्यास रहँदै आएकाे छ। यस्ताे काेषले पनि काेही दाबी गर्न आएकाे अवस्थामा निश्चित शर्तकाे अधिनमा रहेर बीमा दाबी भुक्तानी बीमकमार्फत् गरिदिन्छ।

अनलाइन खोज

जीवन बीमा कम्पनीहरूले दाबी नभएका बीमा रकम सम्बन्धी विस्तृत विवरणहरु नियमितरुपमा आफ्नो वेबसाइटमा प्रकाशन गर्छन् । यस्ताे विवरण सार्वजनिक गर्नु अनिवार्य भएपनि बिडम्बना के छ भने नेपालमा अधिकांश जीवन बीमकले सार्वजनिक नै गर्दैनन् । बीमा कम्पनीहरुकाे नियामक नेपाल बीमा प्राधिकरण पनि याे विषय जानकारीमा नै नभए झै‌ं गर्छ।

आवश्यक विवरणः

बीमककाे वेबसाइटमा प्रारम्भिक खाेजी गरि सकेपछि सम्बन्धित व्यक्तिले बीमा कम्पनीमा बीमालेख, नागरिकता, इछ्याएकाे व्यक्ति वा कानूनी हकवाला हाे भने बीमितसँगकाे नाता खुल्ने प्रमाण सहित जीवन बीमा कम्पनीमा दाबीका लागी निवेदन दिनुपर्छ। वेबसाइटमा विवरण उल्लेख गरिएकाे छैन भने बीमा गरिएकाे कम्पनी पहिचान गरेर साे कम्पनीकाे कुनै पनि शाखा वा उपशाखा कार्यालयमा नागरिकता प्रमाण पत्र, नाता प्रमाण पेश गरेर बीमा भए नभएकाे कस्ताे अवस्थामा रहेकाे बारे साेधपुछ गर्न सकिन्छ । यसका लागी बीमितकाे पुरा नाम, ठेगाना, जन्ममिति, नागरिकता वा जन्मदर्ता प्रमाण पत्र,हकवाला भए नाता प्रमाण लगायतका विवरण दिनुपर्छ। बीमितले प्रयाेग गर्ने माेबाइल नम्बर वा अभिकर्ताकाे नाम वा अभिकर्ताकाे लाइसेन्स नम्बरकाे माध्यमबाट समेत बीमा सम्बन्धी विवरण खाेज्न अनुराेध गर्न सकिन्छ।

भुक्तानीः

बीमा कम्पनीले बीमित वा हकवालाकाे पहिचान सुनिश्चित गरि सकेपछि बैंक खाता विवरण माग गर्छ । र दाबीवापत भुक्तानी गर्नुपर्ने रकम सिधै बीमित वा लाभग्राहीकाे खातामा भुक्तानी गरिदिन्छ। नेपालमा अधिकांश बीमकले अहिले नगद वा चेकमार्फत् भन्दा पनि सिधै बैंक खातामा नै रकम जम्मा गरि दिने अभ्यास गरिरहेका छन् । बैंक खाता नभएकाे अवस्थामा भुक्तानी लिन कठिन भएकाले बैंक खाता खाेलेर साेकाे विवरण बीमा कम्पनीलाई उपलब्ध गराउनुपर्छ । सरकारी बक्याैता भुक्तानी नगरेका कारण वा बै‌ंक कर्जा भुक्तानी नगरेका कारण कालाे सूचीमा परेकाहरूले चाहिँ कालाेसूची सकृय रहेकाे अवधिसम्म यस्ताे दाबीवापतकाे रकम भुक्तानी पाउन सक्दैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

25%

दु :खी

25%

अचम्मित

25%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS