IME Life
Beema Board

यस साता दुई कम्पनी बाहेक सबै जीवन बीमाको शेयर मूल्यमा बृद्धि, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । यस साता नेप्से परिसूचक १ दशमलव १३ प्रतिशतले बढेको छ । हिजो भदौ ४ गते अन्तिम दिन नेप्से परिसूचक ४४ अंकले बढेर २०२९ दशलमव ७८ को विन्दुमा कायम भएको छ भने अधिल्लो साता नेप्से परिसूचक ३९ दशमलव ४८ अंकले बढेर २००७ दशमलव ०६ को विन्दुमा कायम भएको थियो । हिजो साताको अन्तिम कारोबार दिन सबै उपसूचक बढेका छन् । हिजो जीवन बीमा उपसूचक १ दशलमव ६७ प्रतिशतले बढेको थियो ।

हिजो साताको अन्तिम कारोबार दिन कारोबार भएका १० वटा बीमा कम्पनीमध्ये दुई कम्पनी सन नेपाल लाइफ र रिलायबल नेपाल लाइफको शेयर मुल्यमा गिरावट आएको छ भने बाँकी सबै कम्पनीको शेयर मुल्य बढेको छ । सन नेपाल लाइफको शेयर मुल्य ५ रुपैयाँ २० पैसाले गिरावट आई ४७० रुपैयाँ कायम भएको छ भने रिलायबल नेपाल लाइफको शेयर मुल्य १ रुपैयाँ ३० पैसाले घटेर ४८४ रुपैयाँ कायम भएको छ ।

Prabhu
Crest

हिजो असोज ४ गते साताको अन्तिम करोबार दिन सबैभन्दा धेरै एलआइसी नेपालको शेयर मुल्य बढेको छ । हिजो कम्पनीको शेयर मुल्य ४० रुपैयाँ अर्थात २ दशमलव ८६ प्रतिशतले बृद्धि भई १४ सय ४० रुपैयाँ कायम भएको छ । सानिमा रिलायन्स लाइफको शेयर मुल्य ११ रुपैयाँले बढेर ५१६ रुपैयाँ कायम भएको छ । सूर्यज्योति लाइफको शेयर मुल्य २४ रुपैयाँ ९० पैसाले बढेर ५५९ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, नेशनल लाइफको शेयर मुल्य ५ रुपैयाँ ९० पैसाले बृद्धि भई ५९५ रुपैयाँ कायम भएको छ । नेपाल लाइफ इन्स्योरेन्सको शेयर मुल्य २ रुपैयाँ ९० पैसाले बढेर ६९४ रुपैयाँ कायम भएको छ । आइएमई लाइफको शेयर मुल्य ६ रुपैयाँ २० पैसाले बढेर ५४३ रुपैयाँ कायम भएको छ । हिमालयन लाइफको शेयर मुल्य १२ रुपैयाँ २० पैसा अर्थात २ दशमलव ८५ प्रतिशतले बढेर ४४० रुपैयाँ ३० पैसा कायम भएको छ । एशियन लाइफको शेयर मुल्य ९ रुपैयाँ ३० पैसाले बढेर ६९० रुपैयाँ ४० पैसामा कायम भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS