Connect IPS
IME Life

भारतमा स्वास्थ्य बीमामा ठगी बढेपछि अस्पतालहरुकाे सूचीकरण गर्दै परिषद्

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडाै‌ं । भारतमा निर्जीवन बीमा परिषद्ले स्वास्थ्य बीमा दाबीवापतकाे भुक्तानीलाई नगद रहित बनाउनका लागि अस्पतालहरुलाई सूचीकृत गर्ने तयारी गरेकाे छ।

परिषद्ले देशभरका स्वास्थ्य स‌ंस्थाहरूबाट सूचीकरणका लागि प्रस्ताव आह्वान गर्ने र छनाैट गरिएका स्वास्थ्य स‌ंस्थाहरूबाट मात्र स्वास्थ्य बीमा वा दुर्घटना बीमावापतकाे उपचार सेवा उपलब्ध गराउन निर्जीवन बीमकहरूलाई निर्देशन दिनेछ। स्वास्थ्य बीमावापतकाे उपचार सुविधा र दाबी रकम भुक्तानी प्रकृया झण्झटिलाे भएकाे गुनासाे सँगै परिषद्ले यस्ताे कदम चाल्न थालेकाे हाे ।

Prabhu
Crest

परिषद्ले सूचीकृत स्वास्थ्य स‌ंस्थाहरूलाई सूचीकृत राेगकाे उपचारका लागि गरिने परिक्षण, औषधी, चिकित्सकीय परामर्श र शल्यकृयाका लागी लाग्ने शुल्क समेत निर्धारण गरिदिने तयारी गरेकाे भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । परिषद्ले यही अक्टाेबर महिनाकाे अन्त्यसम्ममा सूचीकरणकाे काम पुरा गरिसक्ने लक्ष्य लिएकाे छ।

परिषद्ले सूचीकरणकाे सहयाेगबाट अस्पतालहरूले स्वास्थ्य बीमाका फर्जी उपचार गर्ने र अधिक रकम दाबी माग्ने प्रवृत्तीमा नियन्त्रण गर्न याे कदमले सहयाेग पुर्याउने अपेक्षा गरेकाे छ।

सेप्टेम्बर महिनासम्ममा, आइसीआइसीआइ लोम्बार्ड जनरल इन्स्योरेन्सले आफ्नो वेबसाइटमा सार्वजनिक गरिएको विवरण अनुसार, बेइमान दाबी र अत्यधिक मूल्यमा मेडिकल बिल र अस्पतालहरूबाट दाबीको शंकाको कारण करिब ३ हजार अस्पताललाई कालाे सूचीमा राखिएकाे छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS