IME Life

वर्षदिनमा निर्जीवन बीमकले गरे साढे २३ अर्ब दाबी भुक्तानी, कुनले कति गरे भुक्तानी ?

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा साढे २३ अर्ब रूपैयाँभन्दा बढी रकम दाबी भुक्तानी गरेका छन्। । इन्स्योरेन्स खबरलाई प्राप्त तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७९/८० भरमा निर्जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई १ लाख ६२ हजार ५२४ वटा दाबी वापत २३ अर्ब ५२ करोड १० लाख ८४ हजार ५६७ रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।

बीमा कम्पनीहरुले दाबी भुक्तानीमा ढिलाई गरेको बीमितहरुको गुनासोलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी वर्ष मनाउने अभियान लिएको थियो ।

Prabhu
Crest

गत आव भरमा गरिएकाे दाबी भुक्तानी रकमकाे आधारमा सर्वाधिक बीमा दाबी दिनमा ‍ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, सगरमाथा लुम्बिनी इन्स्योरेन्स र शिखर इन्स्योरेन्स कम्पनीहरु क्रमशः पहिलाे,दाेश्राे र तेश्राे स्थानमा छन् ।

एक वर्षको अवधिमा नेपाल इन्स्योरेन्स कम्पनीले ७ हजार १७० दाबी वापत ७४ करोड ९६ लाख ८६ हजार ८६० रुपैयाँ दाबी भुक्तानी गरेको छ । ओरिएण्टल इन्स्योरेन्स कम्पनीले ३ हजार ७३५ वटा दाबी वापत ९६ करोड २८ लाख ९० हजार २९७ रुपैयाँ दाबी तिरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले २ हजार २६९ वटा दाबी वापत ९१ करोड २२ लाख ७३ हजार ८८२ रुपैयाँ दाबी भुक्तानी गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले १० हजार ९९४ वटा दाबी वापत १ अर्ब ६५ करोड ७४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, प्रभु इन्स्योरेन्सले १८ हजार ७२८ वटा दाबी वापत ६१ करोड ३९ लाख ७१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले २९ हजार २३५ वटा दाबी वापत २ अर्ब ७७ करोड २५ लाख २० हजार ८५६ रुपैयाँ दाबी भुक्तानी गरेको छ । राष्ट्रिय बीमा कम्पनीले ११ सय ४६ वटा दाबी वापत १७ करोड ६२ लाख ७० हजार १४३ रुपैयाँ दाबी भुक्तानी गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले ११ हजार ८५८ वटा दाबी वापत २ अर्ब ५० करोड ८३ लाख ४६ हजार २३७ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, सानिमा जिआइसीले ७ हजार ७७४ वटा दावी वापत १ अर्ब ८ करोड ५२ लाख ८ हजार ५३८ रुपैयाँ दाबी भुक्तानी गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले १७ हजार ८०५ वटा दाबी वापत २ अर्ब ८५ करोड ४० लाख ६७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १८ हजार ६९३ वटा दाबी वापत ३ अर्ब ७४ करोड २६ लाख ९३ हजार १३१ रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १३ हजार १३ वटा दाबी वापत १ अर्ब ६६ करोड ४५ लाख २७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले १० हजार २१० वटा दाबी वापत १ अर्ब ६७ करोड ३९ लाख ४७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले ९ हजार ८८८ वटा दाबी वापत २ अर्ब १४ करोडमाथि दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS