IME Life

हिमालयन रिइन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले जसका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ । कम्पनीले १०० रुपैयाँ फेस भ्यालुमा १०८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०८ रुपैयाँको दरले ३ करोड कित्ता प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

कम्पनीले प्राथमिक बजारबाट ६ अर्ब २४ करोड रुपैयाँ संकलन गर्नेछ । धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । कम्पनीले बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको हो ।

Crest
Meta Holidays

कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालबाट केयरएनपि आइआर ए माइनस रेटिङ पाएको छ । यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ ।

अब धितोपत्र बोर्डले  कम्पनीलाई आइपीओ विक्रीका लागि स्वीकृति दिए पछि सर्वसाधारणका लागि आइपीओ विक्री गर्नेछ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x