IME Life
Beema Board

एक वर्षमा जीवन बीमा कम्पनीहरुले बीमितलाई तिरे ५९ अर्ब दाबी, कुनले कति गरे भुक्तानी ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा कम्पनीहरुले एक वर्षको अवधिमा ५८ अर्ब रूपैयाँभन्दा बढी रकम दाबी भुक्तानी गरेका छन् । इन्स्योरेन्स खबरलाई प्राप्त तथ्याङक अनुसार गत आर्थिक वर्ष २०७९ /८० भरमा जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई २ लाख ५४ हजार ७९८ वटा दाबी वापत ५८ अर्ब ९७ करोड ९२ लाख ४५ हजार रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।

बीमा कम्पनीहरुले दाबी भुक्तानीमा ढिलाई गरेको बीमितहरुको गुनासोलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणले दाबी भुक्तानी वर्ष मनाउने अभियान लिएको थियो । त्यति मात्रै होइन प्राधिरकणले बीमकहरुलाई पटक पटक दाबी भुक्तानीमा सहज गर्न निर्देशन समेत दिँदै आएको थियो । सोही अनुरुप कम्पनीहरुले प्राधिकरणको अभियानलाई सफल पार्दै एक वर्षमा ठुलो मात्रमा दाबी भुक्तानी गर्न सफल भएका हुन् ।

Prabhu
Crest

एक वर्षमा राष्ट्रिय बीमा संस्थानले २३ हजार ४०१ वटा दाबी वापत ४ अर्ब २९ करोड ३९ लाख ७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ८२ हजार २६४ बीमा दाबी वापत १५ अर्ब १० करोड १६ लाख २१ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीले ९ हजार १२ वटा बीमा दाबी वापत २ अर्ब ८६ करोड ७४ लाख ८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यस्तै, एशियन लाइफ इन्स्योरेन्स कम्पनीले ९ हजार ७०५ बीमा दाबी वापत ५ अर्ब १९ करोड ६६ लाख ७० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले २ हजार २५० बीमा दाबी वापत १ अर्ब १४ करोड १० लाख ५२ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ११ हजार ७४९ वटा दाबी वापत ९३ करोड ९४ लाख ४४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

रिलायबल नेपाल लाइफले ५ हजार ५६६ वटा दाबी वापत १ अर्ब २५ करोड ५३ लाख ५४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ६ हजार ८१४ वटा दाबी वापत १ अर्ब ८४ करोड ६७ लाख ७० हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले ५ सय ६३ वटा दाबी वापत ९१ करोड ७३ लाख १५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १८ सय ५ वटा बीमा दाबी वापत २ अर्ब ६ करोड ५ लाख ८९ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

त्यसैगरी रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १४ हजार ९५४ वटा बीमा दाबी भुक्तानी वापत ९९ करोड १२ लाख ६३ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले १० हजार १२५ वटा बीमा दाबी वापत ५ अर्ब ४५ करोड २४ लाख ४६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । नेशनल लाइफले ५१ हजार ६५८ वटा बीमा दाबी वापत ७ अर्ब ९२ करोड ९७ लाख ४ हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ । एलआइसी नेपालले २४ हजार ९३२ वटा बीमा दाबी वापत ८ अर्ब ९८ करोड ५६ लाख ९८हजार रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS