IME Life
Beema Board

जीवन बीमामा ५ हजार बढीले प्रत्यक्ष रोजगारी पाउँदा कर्णालीमा सबैभन्दा थाेरै

SPIL
NIC ASIA

काठमाडौं । सञ्चालनमा रहेका इजाजत प्राप्त १४ जीवन बीमा कम्पनीमा ५ हजार भन्दा बढी जनशक्तिले प्रत्यक्ष राेजगारी पाएका छन् । बीमा क्षेत्रको नियामक नेपाल बीमा प्राधिकरणका अनुसार गत आर्थिक वर्ष २०७९/८० काे असार मसान्तसम्ममा जीवन बीमा कम्पनीले कूल ५ हजार ६८२ जनालाई प्रत्यक्ष राेजगारी प्रदान गरेका छन् ।

साबिककाे तीनवटा जीवन बीमक साबिक यूनियन लाइफ, यूनियन लाइफ र गुराँस लाइफ आपसमा गाभिए पछि अस्तित्वमा आएकाे हिमालयन लाइफ इन्स्याेरेन्सले नेपाल लाइफलाई उछिन्दै सबैभन्दा ठूलाे प्रत्यक्ष राेजगारदाता जीवन बीमक बनेकाे छ । यसैगरी साबिक सूर्य लाइफ र ज्याेती लाइफ मर्जर पछि अस्तित्वमा आएकाे जीवन बीमक सूर्यज्योति लाइफ प्रत्यक्ष राेजगारी स‌ंख्याका आधारमा दाेश्राे ठूलाे जीवन बीमक बनेकाे छ ।

Prabhu
Crest

प्रादेशिक हिसाबमा बागमती प्रदेशले सबैभन्दा धेरै जनशक्तिलाई जीवन बीमा कम्पनीमा राेजगारी प्रदान गरेकाे छ। बागमती प्रदेशमा कुल २ हजार ३७३ जना कर्मचारी कार्यरत रहेका छन् । सबै ठूला जीवन बीमककाे प्रधान कार्यालय बागमती प्रदेशमै रहेकाे र सबैभन्दा धेरै शाखा,उपशाखा सञ्जाल समेत बागमती प्रदेशमै रहेकाले यहाँ प्रत्यक्ष राेजगारी प्रादेशिकरुपमा जीवन बीमा कम्पनीमा सबैभन्दा थाेरै २४१ जनशक्ति कर्णाली प्रदेशमा कार्यरत छन् ।

कोशी प्रदेश
जीवन बीमा कम्पनीको कोशी प्रदेशमा कुल ७०९ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानमा ५ जना, नेशनल लाइफमा ७२ जना, नेपाल लाइफमा ८९ जना, एलआइसी नेपालमा २२ जना, मेट लाइफमा १७ जना, एशियन लाइफमा ६४ जना, हिमालयन लइफमा ९४ जना, सूर्यज्योति लाइफमा ७० जना, आइएमई लाइफमा ४३ जना, सन नेपाल लाइफमा ४८ जना, सानिमा रिलायन्स लाइफमा ५३ जना, रिलायल नेपाल लाइफमा ३९ जना, सिटिजन लाइफमा ५४ जना, प्रभु महालक्ष्मी लाइफमा ३९ जना कर्मचारी आबद्ध छन् ।

मधेश प्रदेश
जीवन बीमा कम्पनीको गण्डकी प्रदेशमा कुल ५८२ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानमा ४ जना, नेशनल लाइफमा ३९ जना, नेपाल लाइफमा ६२ जना, एलआइसी नेपालमा ४१ जना, मेट लाइफमा ४ जना, एशियन लाइफमा ५६ जना, हिमालयन लइफमा ८९ जना, सूर्यज्योति लाइफमा ७० जना, आइएमई लाइफमा १७ जना, सन नेपाल लाइफमा ४३ जना, सानिमा रिलायन्स लाइफमा ४५ जना, रिलायल नेपाल लाइफमा ३६ जना, सिटिजन लाइफमा २८ जना, प्रभु महालक्ष्मी लाइफमा ४८ जना कर्मचारी आबद्ध छन् ।

बागमति प्रदेश
जीवन बीमा कम्पनीको गण्डकी प्रदेशमा कुल २ हजार ३७३ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानमा ७८ जना, नेशनल लाइफमा १८१ जना, नेपाल लाइफमा २७१ जना, एलआइसी नेपालमा ९४ जना, मेट लाइफमा १३१ जना, एशियन लाइफमा १३६ जना, हिमालयन लइफमा २८९ जना, सूर्यज्योति लाइफमा २५३ जना, आइएमई लाइफमा ९९ जना, सन नेपाल लाइफमा १२८ जना, सानिमा रिलायन्स लाइफमा २२९ जना, रिलायल नेपाल लाइफमा १४४ जना, सिटिजन लाइफमा १५० जना, प्रभु महालक्ष्मी लाइफमा १९० जना कर्मचारी आबद्ध छन् ।

गण्डकी प्रदेश
जीवन बीमा कम्पनीको गण्डकी प्रदेशमा कुल ४८० जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानमा ३ जना, नेशनल लाइफमा ५२ जना, नेपाल लाइफमा ४५ जना, एलआइसी नेपालमा २५ जना, मेट लाइफमा २ जना, एशियन लाइफमा २० जना, हिमालयन लइफमा ७६ जना, सूर्यज्योति लाइफमा ५२ जना, आइएमई लाइफमा २८ जना, सन नेपाल लाइफमा ३१ जना, सानिमा रिलायन्स लाइफमा ४०जना, रिलायल नेपाल लाइफमा ४० जना, सिटिजन लाइफमा २९ जना, प्रभु महालक्ष्मी लाइफमा ३७ जना कर्मचारी आबद्ध छन् ।

लुम्बिनी प्रदेश
जीवन बीमा कम्पनीको लु्म्बिनी प्रदेशमा कुल ८११ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानमा ३ जना, नेशनल लाइफमा ८१ जना, नेपाल लाइफमा ६७ जना, एलआइसी नेपालमा ४१ जना, मेट लाइफमा १० जना, एशियन लाइफमा ६६ जना, हिमालयन लइफमा १३० जना, सूर्यज्योति लाइफमा १०५ जना, आइएमई लाइफमा ३६ जना, सन नेपाल लाइफमा ५८ जना, सानिमा रिलायन्स लाइफमा ६३ जना, रिलायल नेपाल लाइफमा ३९ जना, सिटिजन लाइफमा ६० जना, प्रभु महालक्ष्मी लाइफमा ५२ जना कर्मचारी आबद्ध छन् ।

कर्णाली प्रदेश
जीवन बीमा कम्पनीको कर्णाली प्रदेशमा कुल २४१ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानमा १ जना, नेशनल लाइफमा २६ जना, नेपाल लाइफमा २७ जना, एलआइसी नेपालमा ५ जना, मेट लाइफमा १ जना, एशियन लाइफमा ३३ जना, हिमालयन लइफमा ४२ जना, सूर्यज्योति लाइफमा २० जना, आइएमई लाइफमा ११ जना, सन नेपाल लाइफमा २७ जना, सानिमा रिलायन्स लाइफमा ८ जना, रिलायल नेपाल लाइफमा ७ जना, सिटिजन लाइफमा १४ जना, प्रभु महालक्ष्मी लाइफमा १९ जना कर्मचारी आबद्ध छन् ।

सुदुरपश्चिम प्रदेश
जीवन बीमा कम्पनीको सुदुरपश्चिम प्रदेशमा कुल ४८६ जना कर्मचारी कार्यरत रहेका छन् । जसमध्ये राष्ट्रिय बीमा संस्थानमा ३ जना, नेशनल लाइफमा ४० जना, नेपाल लाइफमा ३९ जना, एलआइसी नेपालमा १६ जना, मेट लाइफमा ६ जना, एशियन लाइफमा ५९ जना, हिमालयन लइफमा ७० जना, सूर्यज्योति लाइफमा ४८ जना, आइएमई लाइफमा ३२ जना, सन नेपाल लाइफमा ४५ जना, सानिमा रिलायन्स लाइफमा ४२ जना, रिलायल नेपाल लाइफमा १९ जना, सिटिजन लाइफमा २७ जना, प्रभु महालक्ष्मी लाइफमा ४० जना कर्मचारी आबद्ध छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

86%

खुसी

0%

दु :खी

0%

अचम्मित

14%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS