IME Life
Beema Board

वीरगञ्ज पब्लिक कलेजमा शिखर इन्स्योरेन्सको बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वीरगञ्ज पब्लिक कलेजमा बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । स्नातक तहका विद्यार्थीहरुलाई बीमा सम्बन्धी जानकारी दिनका लागि उक्त कार्यक्रमको आयोजन गरेको कम्पनीले जनाएको छ ।

कायृक्रममा १ सयभन्दा धेरै विद्यार्थीहरु सहभागी थिए । कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई नेपालमा बीमाको अवस्था, जीवन बीमा तथा निर्जीवन बीमा सम्बन्धी विषय तथा बीमा क्षेत्रमा रहेका अवसर तथा चुनौती र त्यसको महत्वका विषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

Prabhu
Crest

कम्पनीका मधेश प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताले विद्यार्थीहरुलाई आफ्नो पढाइ सकिए पछि बीमा क्षेत्रमा के कस्तो अवसर रहेको छ भनेर जानकारी गराएका थिए । विद्यार्थीहरुले पढाइ सकेपछि बैंकमा मात्रै अवसर देख्ने गर्छन् । विद्यार्थीहरुलाई बीमा कम्पनीमा पनि राम्रो राम्रो अवसर छ भन्ने कुराकै जानकारी नै हुँदैन उनले भने, विद्यार्थीहरुलाई बीमा क्षेत्रमा पनि रोजगारीको राम्रो अवसर छ । बीमा क्षेत्रमा अझै पनि दक्ष जनशक्तिको अभाव रहेको भन्दै उनले विद्यार्थीहरुलाई बीमा क्षेत्रको बारेमा पनि जानकारी लिन सुझाए ।

कार्यक्रममा प्रादेशिक कार्यालय प्रमुख गुप्ता, वीरगञ्ज शाखा प्रमुख नितेश कुमार दास र क्याम्पस प्रमुख अरविन्द श्रेष्ठको उपस्थिति थियो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुले यस्तो कार्यक्रममा समावेश हुन पाएकोमा खुसी व्यक्त गरेका थिए । उनहिरुले बीमा क्षेत्रमा पनि ठुलो अवसर रहेको भन्दै रोजगारीका लागि बीमा क्षेत्रलाई पनि प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ५ अर्ब ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । शिखरले नेपालभर ११० वटा भन्दा धेरै शाखा कार्यालयबाट बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । निर्जीवन बीमा कम्पनी मध्येकै सर्वाधिक धेरै कर्मचारी रहेको शिखर इन्स्योरेन्समा ६५० भन्दा धेरैले प्रत्यक्ष रोजगारी पाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS