IME Life
Beema Board

बीमालेख समर्पण उकालाे चढ्दै,समर्पण दाबी भुक्तानीमा नेपाल लाईफले सबैलाई उछिन्याे

SPIL
NIC ASIA

काठमाडाैं । जीवन बीमा कम्पनीहरूले बीमा व्यवसाय टिकाउनका लागी नयाँ व्यवसाय आउन नसकेपछि पुरानै बीमालेख समर्पण गराउँदै पुनः नयाँ बीमालेख जारी गर्ने प्रवृत्ती बढेकाे छ। चालू आर्थिक वर्षकाे पहिलाे महिना साउनमा जीवन बीमा कम्पनीमा नयाँ व्यवसायबाट कूल २ अर्ब २९ कराेड ७४ लाख ८० हजार रुपैयाँ भित्रि‌ंदा समर्पणबाट १ अर्ब २८ कराेड ३३ लाख रुपैयाँ बाहिरिएकाे छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेकाे तथ्यांक अनुसार नयाँ व्यवसायबाट भित्रिएकाे बीमाशुल्ककाे ५५.८५ प्रतिशत रकम समर्पण मूल्य वापतकाे भुक्तानीबाट बाहिरिएकाे छ। प्रथम् बीमाशुल्क आम्दानीकाे तुलनामा समर्पण दर उच्च हुँदा जीवन बीमा कम्पनीकाे सञ्चालन खर्च बढेर जीवन बीमा काेषमा दबाब पर्छ ।

Prabhu
Crest

नेपाल लाईफकाे भुक्तानी उच्च

सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये रकमकाे आधारमा नेपाल लाईफ इन्स्याेरेन्सले सबैभन्दा बढी ४७ कराेड २३ लाख ७ हजार रुपैयाँ समर्पण मूल्यवापत भुक्तानी गरेकाे छ। याे कम्पनीले साउनमा नयाँ बीमालेखकाे बिक्रीबाट ५६ कराेड ३१ लाख ८७ हजार रुपैयाँ प्रथम् बीमाशुल्क भित्र्याउँदा यसकाे ८३‍.८६ प्रतिशत रकम समर्पण मूल्यवापत भुक्तानीबाट बाहिरिएकाे छ। प्रथम् बीमाशुल्क आम्दानीमा अग्रणी रहेकाेमा नेपाल लाइफ समर्पण मूल्य भुक्तानी रकमकाे आधारमा पनि अग्रणी देखिएकाे छ।

दाेश्राे सर्वाधिक समर्पण मूल्य भुक्तानी गर्नेमा लाइफ इन्स्याेरेन्स कर्पाेरेशन नेपाल(एलआइसी नेपाल) रहेकाे छ। एलआइसीले ३१ कराेड २५ लाख ८२ हजार रुपैयाँ समर्पण मूल्य भुक्तानी गरेकाे छ। प्रथम् बीमाशुल्क आम्दानीभन्दा बढी रकम समर्पण मूल्यबाट बाहिरिएकाे छ। रकमकाे आधारमा तेश्राे सर्वाधिक ठूलाे रकम समर्पण मूल्य भुक्तानी गर्नेमा हिमालयन लाइफ इन्स्याेरेन्स हाे । हिमालयन लाइफले १२ कराेड २२ लाख ६ हजार रुपैयाँ समर्पण मूल्य भुक्तानी गरेकाे छ।

किन हुन्छ बीमालेख समर्पण

पछिल्लाे समयमा बजारमा तरलता अभाव र आर्थिक संकटले सर्वसाधारणले पैसाकाे जाेहाे गर्ने क्रममा बीमालेख समर्पणमा दबाब परेकाे हाे । याेसँगै सर्वसाधारणसँग लामाे समयका लागी जीवन बीमामा लगानी गर्ने प्राथमिकतामा पर्न छाेडे पछि समर्पणका लागी अभिकर्ता र बीमा कम्पनीका कर्मचारीले समेत दुरूत्साहन गर्न थालेका छन् ।

नयाँ बीमालेख बिक्री गर्दा प्राप्त हुने प्रथम् बीमाशुल्ककाे तुलनामा पुरानाे बीमालेख नविकरणवापतकाे आम्दानी थाेरै हुने भएकाले अभिकर्ताले पनि पुरानाे नविकरणभन्दा नयाँ बीमालेख बिक्रीलाई प्राथमिकतामा पार्ने गरेका छन् । नयाँ बीमालेख बिक्री गर्दा प्रथम् बीमाशुल्ककाे २५ प्रतिशत कमिशनबाहेक १८ प्रतिशत थप इन्सेन्टिभ समेत प्राप्त हुने भएकाले अभिकर्तालाई नयाँ बीमालेखकाे बिक्री बढी आकर्षक हुन्छ। यसबाहेक पहिलाे वर्ष २५ प्रतिशत, दाेश्राे वर्ष १५ प्रतिशत र तेश्राे वर्ष ५ प्रतिशत कमिशनसँगै पहिलाे वर्ष १८ प्रतिशत इन्सेन्टिभ समेत आम्दानी गरिसकेपछि अभिकर्ताले बीमितलाई प्रभावित पारेर बीमालेख समर्पण गर्न र नयाँ बीमालेख खरिद गर्न दुरुत्साहित पार्ने प्रवृत्ती पनि छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

75%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS