IME Life
Beema Board

एक महिनामा ९ हजार ७ सयले त्यागे १ अर्ब २८ करोडको बीमा पोलिसी, कुन कम्पनीको कति सरेण्डर ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को साउन महिनामा मात्रै ९ हजार बढीले बीमा पोलिसी त्यागेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार साउन महिनामा ९ हजार ७९८ जनाले १ अर्ब २८ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी त्यागेका हुन् । यो बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा तथा गतिविधीका कारण पनि बीमा पोलिसी सरेण्डरको दर बढ्दो रुपमा रहेको छ ।

चालु आर्थिक वर्षको साउन महिनामा राष्ट्रिय बीमा संस्थानको ८ सय ६२ जना बीमितहरुले १० करोड ३२ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । नेशनल लाइफको २ सय ९१ जना बीमितहरुले ४ करोड ५५ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । नेपाल लाइफको ३ हजार ३२४ जनाले ४७ करोड २३ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

Prabhu
Crest

त्यस्तै, एलआइसी नेपालका २ हजार २४ जना बीमितहरुले ३१ करोड २५ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । मेट लाइफका ४६८ जना बीमितहरुले ४ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । एशियन लाइफका ७४४ जना बीमितहरुले ५ करोड ८४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । आइएमई लाइफका १३३ जना बीमितहरुले ९९ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

त्यसैगरी सन नेपाल लाइफका १३ जना बीमितहरुले ११ लाख रुपैयाँ बराबरको पोलिसी त्याग गरेका हुन् । रिलायबल नेपाल लाइफका १६२ जना बीमितले ९० लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सिटिजन लाइफका १७६ जना बीमितहरुले १ करोड १४ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । सूर्यज्योति लाइफका ४०८ जना बीमितहरुले ७ करोड ७६ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् ।

सानिमा रिलायन्स लाइफका १८० जना बीमितहरुले १ करोड ५१ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । हिमालयन लाइफका ९८८ जना बीमितहरुले १२ करोड २२ लाख रुपैयाँको पोलिसी समर्पण गरेका छन् । प्रभु महालक्ष्मी लाइफका २५ जना बीमितहरुले ३५ लाख लाख रुपैयाँको पोलिसी त्यागेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%

खुसी

55%

दु :खी

9%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS