IME Life
Beema Board

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले भदौ २४ गतेदेखि अभिकर्ता तालिम संचालन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति वा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो । उक्त तालिम भदौ २४ गतेदेखि २७ गतेसम्म संचालन हुनेछ । उक्त तालिममा सहभागी हुनका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

तालिम विहान १० बजेदेखि साझ ४ बजेसम्म हुने कम्पनीले जनाएको छ । तालिम कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा आयोजना हुनेछ । उक्त तालिममा सहभागी हुन न्युनतम एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।

Prabhu
Crest

तालिम लिन इच्छुक संस्थाका प्रतिनिधिले नागरिता तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरु (नोटरीसहित) को प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि, पासपोर्ट साइजको फोटो ३ प्रति, संस्थाको हकमा सिफारिस पत्र लगायतका कागजात संस्थाको इमेलमा पठाउन कम्पनीले आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS