SKIP THIS

Sun Securities
IME Life

विकट क्षेत्रमा बीमा सचेतना फैलाउँदै बीमा प्राधिकरण, नाम्खा गाउँपालिकामा सम्पन्न गर्यो कार्यक्रम

SPIL
Sanima Reliance

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयले हुम्लाको नाम्खा गाउँपालिकामा बीमा सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम नाम्खा गाउँपालिकाको वडा नं १ मा सम्पन्न भएको हो । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले सो गाउँपालिकाका अध्यक्ष प्रेम लामा, उपाध्यक्ष तक्दीर लामाको उपस्थितीमा उक्त अन्तरक्रिया सम्पन्न गरेको हो ।

प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीको सभापतित्वमा भएको उक्त कार्यक्रम प्राधिकरणका सहायक निर्देशक विनोद भुसालले कार्यक्रम संचालन गरेका थिए ।

Crest
Meta Holidays

कार्यक्रममा नाम्खा गाउँपालिकाका अध्यक्ष लामाले सुरक्षा र जोखिमको हिसाबले पनि बीमा सबैले गर्नुपर्ने बताउँदै भने, हामी हुम्लाका मान्छेहरुले त पहिला पहिला पैसा कोटको गोजीमा राख्ने गथ्र्यौ त्यसपछि बैंकमा राख्ने चलन आयो, अब बैंकबाट पनि आफ्नो जोखिम कभरेजको लागि बीमा गर्नुपर्ने भयो । जोखिम व्यवस्थापन गर्नका लागि बीमा बीमा अपरिहार्य रहेको भन्दै बीमा चेतना सबै गाउँगाउँसम्म पुर्याउनुपर्यो उनले भने, हामी घर बीमाको अभियान नै चलाउछौं ।

स्वास्थ्य बीमा कार्यक्रम यस गाउँपालिकामा अनिवार्य गरेको उनले बताए । यो सामुहिक काम गर्ने शताब्दी हो, एक्लै गरेर हुँदैन् बीमा भनेको पनि आफ्नो जोखिम समाजमा बाड्ने हो । यो सामुहिक प्रणाली हो । त्यसकारण यो जोखिम पनि समुहमा बाँड्ने कुरा रहेछ हामीले बल्ल बुझौं अब हामी प्रदेश सरकार, संघिय सरकारसँग समन्वय गरेर जोखिमहरुको बीमा गछौं । अध्यक्ष लामाले भने, तर यहाँ बीमा कम्पनीको पनि उपस्थिती हुनुपर्यो । अब हामीले बीमा गर्न चाहौं भने हामी कहाँ जाने ? हाम्रो भुगोल ठुलो छ हामी एउटा वार्डबाट अर्को वार्डमा जान नै एक दिन लाग्छ । कसरी गर्ने क्षतिपुर्ति लिन कहाँ जाने त्यसकारण बीमा गर्नका लागि बीमा कम्पनीहरुको उपस्थिती यहाँसम्म गराउन प्राधिरकणले बाटो देखाउन उनले आग्रह गरे ।

स्थानीय निकायबाट के गर्नुपर्छ त्यो गर्नका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए । बीमा कम्पनीले हाम्रो पालिकामा एक जना मात्रै कर्मचारी राखेर सम्पर्क कार्यालय राख्यो भने बीमा गर्न सहज हुन्थ्यो । उनले भने, यहाँ पशु बीमा कृषि बीमाका लागि पनि धेरै असहज रहेको छ ।

वडा अध्यक्ष सोनाम लामाले यस्तो विकट ठाउँ हुम्लासम्म आएर बीमा सम्बन्धी जनचेतना फैलाउने कार्यक्रम आयोजना गरेकोमा बीमा प्राधिकरणलाई धन्यवाद दिए । बीमा भन्ने बल्ल थाहा पायौं उनले भने, यहाँ बीमाको सेवा प्रवाह गर्नका लागि कर्मचारी सहित सम्पर्क कार्यालयको आवश्यक्ता रहेको छ । बीमा सहर केन्द्रीत मात्रै भयो, बीमा कम्पनीका कार्यालय पनि सहरमै छन् सबै कुरा सहरमा मात्रै भयो तपाईले एक दिन आएर त बीमा बुझाउनु भयो तर हामीले कसरी गर्ने भन्दै गाउँसम्म बीमाको उपस्थिती पुर्याउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा गाउँपालिकाका पदाधिकारी, गाउँपालिका सदस्यहरु, सुरक्षा निकाय, स्वास्थ्य चौकीका प्रमुख, बुद्ध आधारभुत विद्यालयका शिक्षक, स्थानीय प्रहरी इन्चार्च लगायत ७० जनाको उपस्थिती रहेको थियो ।

प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख तथा उप निर्देशक पदम प्रसाद सोडारीले बीमा सम्बन्धी संक्षिप्त प्रस्तुतीकरण दिनुका साथै छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदै प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख पदम प्रसाद सोडारीले बीमा क्षेत्रमा देखिएका हरेक विसंगतिहरुको सत्यतथ्य जानकारी प्राधिकरणलाई उपलब्ध गराउन अनुरोध गरेका छन् । प्राधिकरण नेपालमा बीमा क्षेत्रको लागि शुरु अदालत भएको हुदाँ बीमा क्षेत्रमा देखिएको जुनसुकै विकृती तथा विसंगतिलाई नियन्त्रण गर्दै बीमितको हक हित संरक्षणमा प्रतिवद्ध रहेको बताए ।

नेपाल बीमा प्राधिकरणले पछिल्लो समय बीमा पहुँच विस्तारका लागि जनचेतना मुलक कार्यक्रम लिएर देशका सुगमदेखि दुर्गम ठाउँसम्म पुग्ने गरेको छ । हरेक स्थानीय तहमा गएर बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x