IME Life
Beema Board

जीवन बीमा कम्पनीले आर्जन गरे २४ करोड ६९ लाख वैदेशिक रोजगार बीमाशुल्क, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०८०/ ८१ को साउनमा १० जीवन बीमा कम्पनीहरुले २४ करोडमाथि वैदेशिक रोजगार बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले ५८ हजार ८ सय बीमालेख जारी गरी २४ करोड ६९ लाख रुपैयाँ वैदेशकि रोजगार बीमा शुल्क आर्जन गरेका हुन् ।

साउन महिनामा नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगार बीमालेख मार्फत ४ हजार २७९ वटा बीमा पोलिसी विक्री गरी १ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सले १२ हजार १७० वटा बीमा पोलिसी विक्री गरी ५ करोड ५३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यस्तै, एशियन लाइफले २ हजार ८०८ वटा बीमा पोलिसी विक्री गरी १ करोड १५ लाख बीमा शुल्क आर्जन गरेको छ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ८ हजार ४५८ वटा बीमा पोलिसी विक्री गरी ३ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस अवधिमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले १३ हजार ७३३ वटा बीमा पोलिसी विक्री गरी ५ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । रिलायबल नेपाल लाइफले ४ हजार ३३२ वटा बीमा पोलिसी विक्री गरी १ करोड ७९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सिटिजन लाइफले ३ हजार ६२७ वटा बीमा पोलिसी विक्री गरी १ करोड ४८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसैगरी सूर्यज्योति लाइफ इन्स्योरेन्सले ५ हजार १५४ वटा बीमा पोलिसी विक्री गरी २ करोड १५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ४ हजार १५८ वटा बीमा पोलिसी विक्री गरी १ करोड ६७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ८१ वटा बीमा पोलिसी विक्री गरी ३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS