IME Life
Beema Board

बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम लिएर हुम्ला पुग्यो नेपाल बीमा प्राधिकरण

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरण, कर्णाली प्रदेश कार्यालयले हुम्लाको सिमकोट गाउँपालिमा बीमा सम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । प्राधिकरणको कर्णाली प्रदेश कार्यालयले सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीको उपस्थिती, प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलको विशेष अतिथ्यता, गाउँपालिकाका सबै पदाधिकारी, किसान,गाउँपालिका सदस्यहरुको उपस्थितमा उक्त अन्तरक्रिया सम्पन्न गरेको हो ।

प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीको सभापतित्वमा भएको उक्त कार्यक्रम प्राधिकरणका सहायक निर्देशक विनोद भुसालले कार्यक्रम संचालन गरेका थिए ।

Prabhu
Crest

कार्यक्रममा हुम्लामा कर्णाली प्रदेश सरकारले लयाएको घर बीमा कार्यक्रम कसरी कार्यान्वयन गर्ने, कृषि तथा बाली पशुपन्छी बीमा कार्यक्रम कसरी कार्यान्वयन गर्ने, भन्ने विषयमा व्यापक छलफल तथा अन्तरक्रिया भएको थियो ।

उक्त कार्यक्रममा बोल्दै गाउँपालिकाको अध्यक्ष भण्डारीले भुगोल, गरिवीको अवस्था तथा जोखिमलाई हेर्दा अन्य प्रदेशको तुलनामा अधिक जोखिम रहेको हुम्ला जिल्लामा बीमा अति आवश्यक रहेकोले बीमाको पहुँच बिस्तार गर्न सबैको सहकार्य तथा समन्वय रहनुपर्ने बताए ।

प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख तथा उप निर्देशक पदम प्रसाद सोडारीले बीमा सम्बन्धी संक्षिप्त प्रस्तुतीकरणका साथै छलफलमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।

छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदै प्राधिकरणको कर्णाली प्रदेश कार्यालय प्रमुख पदम प्रसाद सोडारीले बीमा क्षेत्रमा देखिएका हरेक विसंगतिहरुको सत्यतथ्य जानकारी प्राधिकरणलाई उपलब्ध गराउन अनुरोध गरेका छन् । प्राधिकरण नेपालमा बीमा क्षेत्रको लागि शुरु अदालत भएको हुदाँ बीमा क्षेत्रमा देखिएको जुनसुकै विकृती तथा विसंगतिलाई नियन्त्रण गर्दै बीमितको हक हित संरक्षणमा प्रतिवद्ध रहेको बताए ।

कार्यक्रममा जिल्ला शिक्षा अधिकारी श्रीनाथ पौडेलले विश्वासनीय ढङगले बीमा सेवा प्रवाह गर्न आग्रह गरे । बीमा गराउनेहरुले गाउँ गाउँमा आएर झुट्टो अपवाह फैलाउने किसिमका कुराहरु भनेर बीमा गराउने गर्दछन् जसले गर्दा बीमा क्षेत्रको विश्वास गुम्न पुगेको छ । यसका लागि सबैले मिले अगाडी बढाउन पर्ने पौडेलले बताएका छन् । बीमामा हुने नैतिक जोखिमलाई बीमा अपराधिकरणसँग तुलना गर्दै उनले सोको नियन्त्रण गर्न सकेमा बीमाको विश्वसनियतामा वृद्धि हुने बताएका थिए ।

नेपाल बीमा प्राधिकरणले पछिल्लो समय बीमा पहुँच विस्तारका लागि जनचेतना मुलक कार्यक्रम लिएर देशका सुगमदेखि दुर्गम ठाउँसम्म पुग्ने गरेको छ । हरेक स्थानीय तहमा गएर बीमा सम्बन्धी जनचेतना मुलक कार्यक्रम आयोजना गर्दै आइरहेको छ । आगामी दिनहरुमा पनि यस्तो कार्यक्रमहरुको आयोजना गर्ने प्रतिबद्धता समेत जाहेर गरेको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS