काठमाडौं । आर्थिक वर्ष २०८० /८१ को साउन महिनामा निर्जीवन बीमा कम्पनीहरुले लघु बीमालेख विक्री वापत २९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्याङक अनुसार ११ कम्पनीहरुले उक्त बीमा शुल्क आर्जन गरेका हुन् । जसमा ९ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् भने २ वटा हालै संचालनमा आएका २ माइक्रो इन्स्योरेन्स कम्पनी हुन् ।
यी कम्पनीहरुले कुल् २ हजार १५ वटा बीमालेख विक्री गरी २९ लाख २४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् । समिक्षा अवधिमा ओरिएण्टल इन्स्योरेन्स कम्पनीले १० वटा लघु बीमा पोलिसी विक्री गरी २५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । नेशनल इन्स्योरेन्सले ४ वटा बीमा पोलिसी विक्री गरी १ हजार बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, नेको इन्स्योरेन्स कम्पनीले ६४० वटा लघुबीमालेख विक्री गरी १३ लाख १९ हजार बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्स कम्पनीले १३२ वटा बीमा पोलिसी विक्री गरी २ लाख ७७ हजार बीमा शुल्क आर्जन गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले ७४० वटा लघुबीमालेख विक्री गरी १ लाख ७२ हजार बीमा शुल्क आर्जन गरेको छ । एनएलजी इन्स्योरेन्स कम्पनीले ३० वटा लघुबीमालेख विक्री गरी ६४ हजार बीमा शुल्क आर्जन गरेको छ ।
त्यसैगरी सानिमा जिआइसीले १४४ वटा बीमालेख विक्री गरी ३ लाख ३८ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २१७ वटा लघुबीमालेख विक्री गरी ४ लाख ९१ हजार बीमा शुल्क आर्जन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्सले ७३ वटा लघुबीमालेख विक्री गरी १ लाख ४२ हजार बीमा शुल्क आर्जन गरेको छ ।
साथै, आलै संचालनमा आएको नेपाल माइक्रो इन्स्योरेन्सले साउन महिनामा १७ वटा बीमा पोलिसी विक्री गरी ६३ हजार बीमा शुल्क आर्जन गरेको छ भने प्रोटेक्टिभ माइक्रो इनस्योरेन्सले ८ वटा लघुबीमालेख विक्री गरी ३२ हजार बीमा शुल्क आर्जन गरेको छ ।