काठमाडौं । प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतमा संजीव मानन्धर नियुक्त भएका छन् । शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले मानन्धर सिइओमा नियुक्त भएका हुन् ।
मानन्धरले आज भदौ ८ गते पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल इन्भेष्टमेण्ट बैंकबाट बैंकिङ यात्रा सुरु गरेका थिए । मानन्धर प्राइम बैंक स्थापना भएयता महाप्रबन्धकका रुपमा कार्यरत थिए । यसअघि पनि मानन्धर सो बैंकको कायममुकायम प्रमुख कार्यकारी अधिकृत थिए ।