IME Life
Beema Board

नेपाल इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सलाई ९ सूचकमा दाँजेर हेर्दा !

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी वृद्धि गरि २ अर्ब ५० करोड पुर्याउन २०७८ चैत्र १० गते निर्देशन दिएको थियो। इन्स्योरेन्स खबरले दुई निर्जीवन बीमा कम्पनीलाई ९ सूचकमा दाँजेर गरेको तुलानात्मक अध्ययन :

चुक्ता पूँजीको आधारमा :
नेपाल इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ४९ करोड रहेको छ भने प्रभु इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ३७  करोड रहेको छ ।

Prabhu
Crest

जगेडा कोषको आधारमा :
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार नेपाल इन्स्योरेन्सको जगेडा कोषमा ४९ करोड २७ लाख रुपैयाँ संचित छ भने प्रभु इन्स्योरेन्सको जगेडा कोषमा २२ करोड ६४ लाख रुपैयाँ संचित छ ।

बीमा कोषको आधारमा :
नेपाल इन्स्योरेन्सको बीमा कोषमा ९५ करोड २६ लाख रुपैयाँ संचित छ भने प्रभु इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ३ करोड रुपैयाँ संचित छ ।

खुद बीमा शुल्क आर्जनको आधारमा :
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार नेपाल इन्स्योरेन्सले ७९ करोड ८१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै प्रभु इन्स्योरेन्सले ६३ करोड ८१ लाख खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष ७९/८० को चौथो त्रैमाससम्म ४० करोड  खुद नाफा गरेको छ भने प्रभु इन्स्योरेन्सले २४ करोड १५ लाख खुद नाफा आर्जन गरेको छ ।

प्रतिशेयर आम्दानीको आधारमा :
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार नेपाल इन्स्योरेन्सको प्रकाशित वार्षिक प्रति शेयर आम्दानी २६ रुपैयाँ ७६ पैसा छ भने प्रभु इन्स्योरेन्सको वार्षिक प्रति शेयर आम्दानी १७ रुपैयाँ ५५ पैसा छ ।

किताबी मूल्यको आधारमा :
नेपाल इन्स्योरेन्सको किताबी मूल्य (प्रति शेयर नेट्वर्थ) १९६ रुपैयाँ ७० पैसा छ भने प्रभु इन्स्योरेन्सको किताबी मूल्य १९८ रुपैयाँ ४३ पैसा छ ।

खुद दाबी भुक्तानीको आधारमा :
नेपाल इन्स्योरेन्सले गत आर्थिक वर्षमा २९ करोड खुद दाबी भुक्तानी गर्दा प्रभु इन्स्योरेन्सले २० करोड ७५ लाख खुद दाबी भुक्तानी गरेको छ ।

भुक्तानी हुन बाँकी दाबीको आधारमा :
नेपाल इन्स्योरेन्सको ८५ करोड ९२ लाख बराबरको दाबी भुक्तानी गर्न बाँकी छ भने प्रभु इन्स्योरेन्सको ६९  करोड १० लाख बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

67%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS