IME Life
Beema Board

चुक्ता पुँजी पुर्याएका नेपाल लाइफ, नेशनल र हिमालयन लाइफलाई ९ सूचकमा दाँजेर हेर्दा

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरुलाई न्युनतम ५ अर्ब चुक्ता पूँजीको लक्ष्य दिएकोमा नेपाल लाइफ, नेशनल लाइफ र हिमालयन लाइफले ५ अर्ब माथि चुक्ता पूँजी कायम गरेका छन् । तीन जीवन बीमा  कम्पनीलाई इन्स्योरेन्स खबरले आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासको वित्तीय विवरणको आधारमा गरेको तुलानात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
नेपाल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड छ भने नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ५ अर्ब १ करोड रहेको छ त्यस्तै हिमालयन लाइफको चुक्ता पुँजी ८ अर्ब २ करोड रहेको छ ।  हिमालयन लाइफ इन्स्योरेन्स प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ एक आपसमा मर्जर पश्चात् बनेको कम्पनी हो । हिमालयन लाइफले मर्जर मार्फत चुक्ता पूँजी कायम गर्दा नेपाल लाइफ र नेशनल लाइफले भने बोनस मार्फत नै न्युनतम ५ अर्ब चुक्ता पूँजीको लक्ष्य हासिल गरेका छन् ।

जगेडा कोषको आधारमा :
नेपाल लाइफको जगेडा कोषमा ६४ करोड ९७ लाख संचित छ भने नेशनल लाइफको जगेडा कोषमा ४० करोड ७९ लाख रुपैयाँ संचित छ र हिमालयन लाइफको जगेडा कोषमा १ अर्ब ६ करोड रुपैँया संचित छ ।

जीवन बीमा कोषको आधारमा :
जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोषको ठुलो महत्व रहेकोमा जीवन बीमा कोषमा नेपाल लाइफ अघि छ । नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब ६३ अर्ब ८२ करोड छ भने नेशनल लाइफको जीवन बीमा कोषमा ६० अर्ब २५ करोड छ त्यस्तै हिमालयन लाइफको जीवन बीमा कोषमा ५२ अर्ब १२ करोड रुपैयाँ संचित छ ।

बीमा शुल्क आर्जन रकमको आधारमा :
१२ महिनाको अवधिमा नेपाल लाइफले ३६ अर्ब ६२ करोड खुद बीमा शुल्क आर्जन गरेको छ भने नेशनल लाइफले १५ अर्ब ९७ करोड खुद बीमा शुल्क आर्जन गर्दा हिमालयन लाइफ इन्स्योरेन्सले १४ अर्ब ५७ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
गत आर्थिक वर्षमा नेपाल लाइफ ६७ करोड ४४ लाख खुद नाफामा रहेको छ भने नेशनल लाइफ इन्स्योरेन्सले ३६ करोड ४५ लाख खुद नाफा गरेको छ र हिमालयन लाइफले ५८ करोड १३ लाख खुद नाफा गरेको छ ।

किताबी मूल्य:
नेपाल लाइफको किताबी मूल्य ११८ रुपैयाँ ८४ पैसा हुँदा नेशनल लाइफको ११७ रुपैयाँ ४८ पैसा र हिमालयन लाइफको ११८ रुपैयाँ ८३ पैसा रहेको छ ।

दाबी भुक्तानीको आधारमा :
१२ महिनाको अवधिमा नेपाल लाइफले १५ अर्ब ४३ करोड खुद दाबी भुक्तानी गरेको छ भने नेशनल लाइफले ७ अर्ब ८१ करोड र हिमालयन लाइफ इन्स्योरेन्सले ५ अर्ब ४५ करोड खुद दाबी भुक्तानी गरेको छ।

उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण बाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

8%

दु :खी

33%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS