काठमाडौं । रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड सम्पन्न भएको छ । नेप्सेले कम्पनीलाई पहिलो शेयर कारोबारका लागि न्युनतम प्रतिकित्ता १६२ रुपैयाँ २९ पैसा देखि अधिकतम ४८६ रुपैयाँ ८७ पैसा सम्म रेञ्ज दिने सम्भावना देखिएको छ । पहिलो कारोबारको लागि कम्पनीले वास्तविक किताबी मूल्य देखि किताबी मूल्यको तीन गुणासम्म रेञ्ज पाउने गर्छन् । कम्पनीको आर्थिक वर्ष ७८/७९ को वास्तविक नेट्वर्थको आधारमा रेञ्ज पाउने सम्भावना छ । स्पेसल प्री ओपनिङ सेशनमा सो रेञ्जमा पहिलो कारोवार हुनुपर्छ । त्यसपछि मात्र कम्पनीको नियमित समयमा शेयर कारोवार शुरू हुन्छ ।
कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा शेयर निष्कसन गरेको हो।