IME Life
Beema Board

जीवन बीमा अभिकर्ताले लिए १२ अर्ब ४२ करोड कमिशन, कुन कम्पनीकाले कति बुझे ?

SPIL
NIC ASIA

काठमाडौं । जीवन बीमा व्यवसायमा मन्दी आउदा अभिकर्ताको कमिशनमा भारी गिरावट आएको छ । देश नै आर्थिक संकटमा गुज्रिएको अवस्थामा कम्पनीहरुको प्रथम बीमा शुल्क घटेकाले अभिकर्ता कमिशन घट्न पुगेको हो । गत आर्थिक वर्षको चौथोे त्रैमासिक अवधिमा दुई कम्पनी बाहेक सम्पुर्ण जीवन बीमा कम्पनीहरुको अभिकर्ता कमिशनमा गिरावट आएको हो । समिक्षा अवधिमा कम्पनीहरुको अभिकर्ता कमिशन १२ दशमलव ६२ प्रतिशतले घटेको छ ।

आर्थिक वर्ष २०७९ /८० को चौथो त्रैमासमा अभिकर्ताले १२ अर्ब ४२ करोड ५३ लाख रुपैयाँ कमिशन प्राप्त गरेका छन् । जवकी गत वर्षको यहि अवधिमा अभिकर्ताहरुले १४ अर्ब २२ करोड १ लाख रुपैयाँ कमिशन बुझेका थिए । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा समिक्षा अवधिमा १२ प्रतिशतले अभिकर्ता कमिशन खुम्चिएको हो ।जीवन बीमा कम्पनीका अभिकर्ताले प्रथम बीमा शुल्क आर्जनमा सर्वाधिक धेरै कमिशन प्राप्त गर्छन् । त्यस पछि दोस्रो वर्षमा बीमा शुल्क आर्जनमा पहिलो वर्ष भन्दा केहि कम पाउछन् । र बाँकी ८ वर्षसम्ममा ५ प्रतिशतका दरले कमिशन प्राप्त गर्छन् । त्यसैले प्रथम बीमा शुल्क आर्जन जति धेरै बढ्यो कमिशन पनि त्यहि अनुपातमा बढ्छ । त्यसैले यस वर्ष अभिकर्ताको कमिशनमा भारी गिरावट देखिएको हो ।

Prabhu
Crest

यस समिक्षा अवधिमा नेशनल लाइफको अभिकर्ता कमिशन ३ प्रतिशतले बढेको छ भने सानिमा रिलायन्स लाइफको १४ प्रतिशतले बढेको छ भने बाँकी सबैको घटेको छ । यस सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता कमिशनमा खर्चिएको छ । कम्पनीले यस अवधिमा ३ अर्ब १० करोड खर्चिएको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले अभिकर्तालाई १ अर्ब ५७ करोड खर्चिएको छ । एलआइसी नेपालले अभिकर्ता कमिशनमा १ अर्ब ४३ करोड खर्चिएको छ ।

हिमालयन लाइफले १ अर्ब ४१ करोड खर्चिएको छ । सूर्यज्योति लाइफलेका अभिकर्ताले ७६ करोड २० लाख कमिशन पाएका छन् । सिटिजन लाइफका अभिकर्ताले ७१ करोड ८८ लाख रुपैयाँ कमिशन पाएका छन् । एशियन लाइफका अभिकर्ताले ७१ करोड ५४ लाख कमिशन बुझेका छन् । रिलायबल नेपाल लाइफका अभिकर्ताले ५० करोड ८० लाख कमिशन पाएका छन् ।

त्यसैगरी समिक्षा अवधिमा मेट लाइफका अभिकर्ताले ४७ करोड ६९ लाख कमिशन पाएका छन् । आइएमई लाइफका अभिकर्ताले ४६ करोड ४२ लाख रुपैयाँ कमिशन बुझेका छन् । सानिमा रिलायन्स लाइफका अभिकर्ताले ४३ करोड ५७ लाख कमिशन पाएका छन् । सन नेपाल लाइफका अभिकर्ताले ३४ करोड ६६ लाख, प्रभु महालक्ष्मी लाइफका अभिकर्ताले २८ करोड ३७ लाख र राष्ट्रिय बीमा संस्थानका अभिकर्ताले १८ करोड २४ लाख कमिशन आर्जन गरेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS