IME Life
Beema Board

नेको र शिखर इन्स्योरेन्सलाई ९ सूचकमा दाँजेर हेर्दा कुन कम्पनी तगडा ?

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीलाई चुक्ता पूँजी वृद्धि गरि २ अर्ब ५० करोड पुर्याउन २०७८ चैत्र १० गते निर्देशन दिएको थियो। शिखर इन्स्योरेन्स र नेको इन्स्योरेन्स मर्जर वा प्राप्ति प्रक्रियामा नगएका ठूला निर्जीवन बीमा कम्पनी हुन् । इन्स्योरेन्स खबरले दुई निर्जीवन बीमा कम्पनीलाई ९ सूचकमा दाँजेर गरेको तुलानात्मक अध्ययन :

Prabhu
Crest

चुक्ता पूँजीको आधारमा :
शिखर इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब ६५ करोड रहेको छ भने नेको इन्स्योरेन्सको चुक्ता पूँजी २ अर्ब १ करोड रहेको छ ।

जगेडा कोषको आधारमा :
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्सको जगेडा कोषमा ५९ करोड ६९ लाख रुपैयाँ संचित छ भने नेको इन्स्योरेन्सको जगेडा कोषमा ४९ करोड १३ लाख रुपैयाँ संचित छ ।

बीमा कोषको आधारमा :
शिखर इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ५३ करोड रुपैयाँ संचित छ भने नेको इन्स्योरेन्सको बीमा कोषमा १ अर्ब ६३ करोड रुपैयाँ संचित छ ।

खुद बीमा शुल्क आर्जनको आधारमा :
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्सले १ अर्ब ५९ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै नेको इन्स्योरेन्सले १ अर्ब ६५ करोड खुद बीमा शुल्क आर्जन गरेको छ ।

खुद नाफाको आधारमा :
शिखर इन्स्योरेन्सले आर्थिक वर्ष ७९/८० को चौथो त्रैमाससम्म ४० करोड ३१ लाख खुद नाफा गरेको छ भने नेको इन्स्योरेन्सले ५५ करोड ३१ लाख खुद नाफा आर्जन गरेको छ ।

प्रतिशेयर आम्दानीको आधारमा :
गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण अनुसार शिखर इन्स्योरेन्सको प्रकाशित वार्षिक प्रति शेयर आम्दानी १५ रुपैयाँ १९ पैसा छ भने नेको इन्स्योरेन्सको प्रकाशित वार्षिक प्रति शेयर आम्दानी २७ रुपैयाँ ४९ पैसा छ ।

किताबी मूल्यको आधारमा :
शिखर इन्स्योरेन्सको किताबी मूल्य (प्रति शेयर नेट्वर्थ) १८५ रुपैयाँ ८९ पैसा छ भने नेको इन्स्योरेन्सको किताबी मूल्य २१० रुपैयाँ ७९ पैसा छ ।

खुद दाबी भुक्तानीको आधारमा :
शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा १ अर्ब ५ करोड खुद दाबी भुक्तानी गर्दा नेको इन्स्योरेन्सले ८७ करोड १४ लाख खुद दाबी भुक्तानी गरेको छ ।

भुक्तानी हुन बाँकी दाबीको आधारमा :
शिखर इन्स्योरेन्सको १ अर्ब ८८ करोड बराबरको दाबी भुक्तानी गर्न बाँकी छ भने नेको इन्स्योरेन्सको १ अर्ब ४३ करोड बराबरको दाबी भुक्तानी गर्न बाँकी छ ।

(उपलब्ध तथ्यांक कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणबाट तयार गरिएको हो , यो विस्लेषण पूर्ण होइन लगानीकर्ताले कारोवारको निर्णय लिनु अघि थप अनुसन्धान गर्नु पर्ने छ ।)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

30%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS