IME Life
Beema Board

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको नाफा करिब ४६ करोड, बीमा कोषको आकार ९०% ले बढेर २ अर्ब २८ करोड पुग्यो

SPIL
NIC ASIA

काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा २२ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले ४५ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३७ करोड ४८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको बीमा कोष ९० दशमलव १० प्रतिशतले बढेको छ । बीमा कोषमा २ अर्ब २८ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १ अर्ब २० करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ११६ प्रतिशतले वृद्धि हुँदै ९१ करोड ३२ लाख पुगेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १४ दशमलव ९५ प्रतिशतले सुधार भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन  १ अर्ब ५२ करोड  रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन  १ अर्ब ३२ करोड थियो । कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ११ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी २ अर्ब ६२ करोड पुगेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ २२८ रुपैयाँ ९२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS