IME Life
Beema Board

सानिमा जिआईसीको व्यवसाय १२६% ले बढ्दा बीमा कोषको आकार १५९% ले बढ्यो, अधिकांश सूचकमा आकर्षक प्रगति

SPIL
NIC ASIA
काठमाडौं ।  सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ९३ दशमलव ३६  प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २८ करोड ०१ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ४९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको  बीमा कोष १५९ दशमलव ६० प्रतिशतले बढेको छ । बीमा कोषमा ४२ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १६ करोड ४३ लाख रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ११७ दशमलव ५९  प्रतिशतले वृद्धि हुँदै ३२ करोड ९४ लाख पुगेको छ ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १२६ दशमलव ४७ प्रतिशतले सुधार भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ६२ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन २७ करोड ७६ लाख थियो । कम्पनीले गत आर्थिक वर्ष २८ करोड ६२ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।

Prabhu
Crest
कम्पनीको चुक्ता पूँजी २ अर्ब पुगेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ०१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ६५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS