IME Life
Beema Board

बीमा प्राधिकरणको आयोजनामा दाबी भुक्तानी तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा दाबी भुक्तानी तथा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धमा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम आज साउन ३० गते मंगलबार होटल कलश महेन्द्रनगर, कञ्चनपुरमा सम्पन्न भएको हो । कार्यक्रम नेपाल बीमा प्राधिकरणका उप निर्देशक विरोध भट्ट र बीमा प्राधिकरण सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हृदयश्वर पण्डितको अतिथ्यतामा सम्पन्न भएको हो ।

जीवन तथा निर्जीवन बीमा कम्पनीका शाखा प्रमुखहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उप निर्देशक भट्टले बीमा ऐनको नयाँ ब्यवस्था अनुसार दाबी भुक्तानीको प्रक्रिया, नीति तथा त्यस सम्बन्धी कानून, लगायतका विषयमा प्रस्तुतीकरण तथा प्रशिक्षण दिएका थिए ।

Prabhu
Crest

साथै, उनले गैर कानुनी कमाई र आतंकवादी कार्यबाट संकलित कालो धनलाई बीमा क्षेत्रको माध्यमले शुद्धीकरण गर्ने कार्यलाई कसरी नियन्त्रण गर्ने, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदी विषयमा विस्तृत जानकारी दिएका थिए ।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हृदयश्वर पण्डितले शाखा प्रमुखरुलाई सम्पत्ति शुद्धीकरण निवारण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत प्रशिक्षण दिएका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS