IME Life
Beema Board

बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयद्वारा पर्सा गाउँपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले आर्थिक वर्ष २०८० /८१ को वार्षिक कार्यक्रम अनुसार स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम हिजो साउन २९ गते सम्पन्न भएको हो ।

उक्त कार्यक्रम सर्लाही जिल्लाको पर्सा गाउँपालिकासँग, गाउँपालिकाको सभा हलमा सम्पन्न भएको हो । उक्त कार्यक्रमको सभापतित्व नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथिको रुपमा पर्सा गाउँपालिकाका उपअध्यक्ष नुतन देवी रहेकी थिइन् ।

Prabhu
Crest

उक्त कार्यक्रमको सञ्चालन नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य प्राधिकरणका सागर आचार्यले गरेका थिए । उक्त कार्यक्रममा विभिन्न वडाका जनप्रतिनिधीहरु, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु, गाउँपालिकाका कर्मचारीहरु, अगुवा कृषकहरु, बैंक तथा वित्तिय संस्थाका प्रतिनिधीहरु र बीमकका शाखा कार्यालयका प्रतिनिधीहरु तथा महिला समुहका व्यक्तिहरु गरी ५० जनाको सहभागिता रहेको थियो।

उक्त कार्यक्रममा नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्माले बीमा र बीमा प्राधिकरणको बारेमा प्रस्तुतिकरण दिएकी थिइन् ।

उक्त छलफल कार्यक्रममा सहभागीहरुले कृषि तथा विभिन्न बालीहरुको बीमाका बारेमा जिज्ञासा राखेका थिए । बीमकहरुले बीमालेख बिक्रि गर्दा बीमाको फाइदाहरु देखाउने तर दावीको समयमा बीमकहरु सम्पर्क बिहिन हुने गरेको गुनासो केहि सहभागीहरुले राखेका थिए । साथै, पशु बीमालेखमा चोरी भएको खण्डमा दावी भुक्तानी नदिने प्रावधान रहेको हुँदा सो प्रावधान हटाउनु पर्ने सुझाव समेत दिएका थिए । त्यसैगरी कुनै पनि बाली तथा पशुपन्छीको दुर्घटनाबाट क्षती हुँदा समयमै क्षती मूल्यांकन हुने व्यवस्था मिलाउन सुझाव समेत उनीहरुले दिएका थिए ।

कार्यक्रमका सहभागीहरुले यस्तो कार्यक्रमबाट बीमा सम्बन्धी चेतना भएको र आगामी दिनहरुमा हामीले लगाएको बाली तथा पशु चौपायहरुको बीमा गरी हुन सक्ने आर्थिक नोक्सानीबाट सुरक्षित रहन सकिने कुराको जानकारी पाएकोमा नेपाल बीमा प्राधिकरणलाई धन्यवाद दिए ।
गाउँपालिकाका सुचना प्रविधि अधिकृतले कार्यक्रम आयोजना गरेकोमा नेपाल बीमा प्राधिकरण र गाउँपालिकालाई धन्यवाद दिदै जोखिमबाट सुरक्षित रहनको लागि बीमा आवश्यक रहेको र केन्द्रिय सरकारबाट कृषि तथा पशुपन्छी बीमामा दिदै आएको अनुदानले सरकार कृषक र कृषि क्षेत्र प्रति थप जिम्मेवार रहेको कुरा राखे ।

साथै, बीमा गर्दा ठुलो बीमाङ्कको नगरी आफ्नो आवश्यकता र आय श्रोतका आधारमा गर्नु पर्ने धारणा राखे । कार्यक्रममा प्रमुख अतिथि पर्सा गाउँपालिकाका उपअध्यक्षले सहभागी जनप्रतिनिधिहरुलाई बीमा बारे गाउँ टोलसम्म जानकारी गराउन आग्रह गर्नुभएको थियो। साथै, आगामी दिनहरुमा बीमालाई गाउँपालिकाले प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त समेत गरे ।

छलफलमा उठेका प्रश्नहरुको जवाफ प्रदेश कार्यालय प्रमुख कुसुम शर्माले दिएकी थिइन् । साथै, उनले सहभागीहरुबाट प्राप्त भएको सुझावहरु प्राधिकरणले आगामी दिनहरुमा सम्बोधन गर्दै जाने र गाउँपालिकालाई बीमा सम्बन्धी आवश्यक पर्ने सहयोग र सुझावका लागि बीमा प्राधिकरण जुनसुकै समयमा पनि तयार रहेको ‍धारणा राखेकी थिइन् । साथै बीमा कम्पनीका प्रतिनिधीहरुलाई समय समयमा पालिकामा आई आवश्यक समन्वय गर्नका लागि अनुरोध समेत गरिन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS