IME Life
Beema Board

एनएलजी इन्स्योरेन्सको नाफा २४ करोड, बीमा कोष १० प्रतिशतले बढेर सबा अर्ब माथि

SPIL
NIC ASIA

काठमाडौं ।  एनएलजी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १ दशमलव ०२  प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले २४ करोड १० लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ८६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीको  बीमा कोष १० दशमलव ४९ प्रतिशतले बढेको छ । बीमा कोषमा १ अर्ब २७ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा बीमा कोषमा १ अर्ब १४ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ८ दशमलव ०३ प्रतिशतले घट्दै २६ करोड ५२ लाख पुगेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ५ दशमलव ७५ प्रतिशतले घटेको  छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन  ६३ करोड १८ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ६७ करोड ०४ लाख थियो । कम्पनीले गत आर्थिक वर्ष ४९ करोड ९८ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ४५ करोड छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०९ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

25%

खुसी

0%

दु :खी

25%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS