IME Life
Beema Board

सन नेपाल लाइफको नाफा १६४ प्रतिशतले बढ्यो, खुद बीमा शुल्क आर्जन ३ अर्ब २५ करोडमाथि

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा  १६३ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले  ५६ करोड  ६५ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २१ करोड ४६ लाख रुपैयाँ खुद नाफा गरेको थियो । एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ।

Prabhu
Crest

कम्पनीको जीवन बीमा कोष ४३ दशमलव १६ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ३ अर्ब ५१ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष ६९ दशमलव २८ प्रतिशतले वृद्धि हुँदै ९२ करोड ९० लाख  पुगेको छ ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन २८ दशमलव ०१  प्रतिशतले सुधार भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन  ३ अर्ब २५  करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन  २ अर्ब ५४ करोड थियो । कम्पनीले गत आर्थिक वर्ष ९१ करोड ६७ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पूँजी २ अर्ब २४ करोड पुगेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

63%

खुसी

6%

दु :खी

19%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS