IME Life
Beema Board

आईएमई लाइफ २४ करोड नाफामा , जगेडा कोष २४९% ले बढेर २ अर्ब ७१ करोड पुग्यो

SPIL
NIC ASIA

काठमाडौं ।  भर्खरै आईपीओ निष्काशन गरेको आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले २४ करोड ०८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यहि अवधिमा कम्पनी १२ करोड ८६ लाख रुपैयाँ खुद नाफामा थियो । एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ।

Prabhu
Crest

कम्पनीको जीवन बीमा कोष ४३ दशमलव २५ प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा ६ अर्ब ७५ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा ४ अर्ब ७१ करोड रुपैयाँ थियो ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १६ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ४ अर्ब ०१ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ३ अर्ब ४४ करोड थियो ।

जगेडा कोष २४९ दशमलव ३६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ७७ करोड ६८ लाख रहेको जगेडा कोष गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ७१ करोड पुगेको छ ।

कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ६ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८७  करोड ७० लाखको दाबी भुक्तानी भएको थियो ।

आईएमई  लाइफ इन्स्योरेन्सको चुक्ता पूँजी  ४ अर्ब रहेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ०२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ०५ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

89%

खुसी

0%

दु :खी

4%

अचम्मित

7%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS