IME Life
Beema Board

सानिमा रिलायन्स लाइफको बीमा कोष १५८% ले बढेर ८.६४ अर्ब पुग्यो, जगेडा कोष ९१% ले बढ्यो

SPIL
NIC ASIA

काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा  ३७ दशमलव ८८ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले  २१ करोड ९३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेकोमा अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९१ लाख रुपैयाँ खुद नाफा गरेको थियो । एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ।

Prabhu
Crest

कम्पनीको जीवन बीमा कोष १५८ दशमलव ०७  प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा  ८ अर्ब ६४ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा  ३ अर्ब ३४ करोड रुपैयाँ थियो । त्यस्तै जगेडा कोष  ९१ दशमलव  १० प्रतिशतले वृद्धि हुँदै  ७४ करोड  ८९ लाख  पुगेको छ ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन  ४४ दशमलव ९५  प्रतिशतले सुधार भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ३ अर्ब ३५ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन २ अर्ब ३१ करोड थियो ।

कम्पनीले गत आर्थिक वर्ष ९० करोड ८१ लाख रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा  ४३ करोड ८३ लाखको खुद दाबी भुक्तानी भएको थियो ।

कम्पनीको चुक्ता पूँजी  ४ अर्ब  १८ करोड रहेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ  १२० रुपैयाँ  ५२ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

33%

दु :खी

17%

अचम्मित

17%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS