IME Life
Beema Board

मेट लाइफको जगेडा कोष १३% ले बढ्यो, जीवन बीमा कोष २३ अर्ब माथि

SPIL
NIC ASIA

काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष (२०७९/८०) को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले ३५ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनी ५९ करोड ६५ लाख रुपैयाँ खुद नाफामा थियो । एक्चुरी भ्यलुएशन पछि बीमा कम्पनीको वास्तविक नाफा आउने छ। त्यस्तै कम्पनीको जीवन बीमा कोष १५ दशमलव ३० प्रतिशतले बढेको छ । जीवन बीमा कोषमा २३ अर्ब २३ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यहि अवधिमा जीवन बीमा कोषमा २० अर्ब १५ करोड रुपैयाँ थियो ।

समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन १ दशमलव ३२ प्रतिशतले सुधार भएको छ । असार मसान्तसम्ममा खुद बीमा शुल्क आर्जन ५ अर्ब ४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको यहि अवधिसम्म खुद बीमा शुल्क आर्जन ४ अर्ब ९८ करोड थियो।

Prabhu
Crest

जगेडा कोष १३ दशमलव २७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ६१ करोड रहेको जगेडा कोष गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ अर्ब ९६ करोड पुगेको छ ।

कम्पनीले गत आर्थिक वर्ष २ अर्ब ७८ करोड रुपैयाँको खुद दाबी भुक्तानी गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ९७ करोडको दाबी भुक्तानी भएको थियो । कम्पनीले अझै ६२ करोड ५० लाख रुपैयाँको दाबी भुक्तानी गर्न बाँकी छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS