IME Life

निर्जीवन बीमा कम्पनीहरुले भित्राए ४० अर्ब २१ करोड व्यवसाय, कुनको कति (तथ्याङक सहित)

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७९/ ८० को असार महिनासम्ममा ४० अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले २९ लाख ९२ हजार ५१३ वटा बमिा पोलिसी विक्री गरेर ४० अर्ब २१ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
यस अवधिसम्ममा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ५ अर्ब ३१ करोड ६१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा सगरमाथा लम्बिनी इन्स्योरेन्स रहेको छ । कम्पनीले यस अवधिमा ४ अर्ब ५८ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । तेस्रोमा सिद्धिार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ४ अर्ब ४२ करोड ६८ लाख कुल बमिा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्स चौथो स्थानमा रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ४१ करोडमाथि कुल बीमा शुल्क आर्जन गरेको छ । आइजिआई प्रुडेन्सियलले ३ अर्ब ३८ करोड, हिमालयन एभरेष्टले ३ अर्ब ३५ करोड, नेको इन्स्योरेन्सले २ अर्ब ९२ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब ४० करोड, सानिमा जिआइसीले २ अर्ब ३२ करोड, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

त्यसैगरी प्रभु इन्स्योरेन्सले १ अर्ब ६५ करोड, नेपाल इन्स्योरेन्सले १ अर्ब ५८ करोड, ओरिएण्टल इन्स्योरेन्सले १ अर्ब ४९ करोड र नेशनल इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

17%

दु :खी

17%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS