IME Life

महालक्ष्मी विकास बैंकका ग्राहकले थप ६ संस्थाको सेवामा आकर्षक छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटेल तथा रेस्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा रहेका संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौतापश्चात महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

Prabhu
Crest

बैंकका ग्राहकले पर्साको वीरगन्जस्थित मंगलम डायग्लोस्टिक सेन्टरको प्याथोलोजी टेस्ट सेवामा १० प्रतिशत, बाराको सिमरास्थित होटेल क्विक–२० एन्ड रिभर साइड प्रालिका सेवाहरुमा अधिकतम १० प्रतिशत, मकवानपुरको हेटौँडास्थित रिगल हेटौँडा रिसोर्ट प्रालिका सेवाहरुमा अधिकतम १५ प्रतिशत, कैलालीको धनगढीस्थित नसर्ग हस्पिटल प्रालिका सेवाहरुमा अधिकतम २० प्रतिशत, मकवानपुरको हेटौंडास्थित विशुद्धमोमोचाका सेवाहरुमा १० प्रतिशत र चितवनको भरतपुरस्थित कविलाश रिसोर्ट एन्ड फनपार्कका सेवाहरुमा १० प्रतिशतको छुट प्राप्त गर्न सक्नेछन्।

यस किसिमको सहकार्यबाट बैंकका डेबिट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ। यसका साथसाथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरुबाट वित्तीय जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS