IME Life
Beema Board

१० जीवन बीमा कम्पनीले संकलन गरे ३ अर्ब २१ करोड वैदेशिक रोजगार बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९/ ८० को असार महिनासम्ममा १० वटा जीवन बीमा कम्पनीले ३ अर्ब २१ करोड ८८ लाख रुपैयाँ वैदेशिक रोजगार बीमाशुल्क आर्जन गरेका छन् । यी कम्पनीहरुले कूल १६ लाख २९ हजार ५७५ वटा बीमालेख बिक्री गरी उक्त बीमाशुल्क आर्जन गरेका हुन् ।

त्यस्तै, कम्पनीहरुले असार महिनामा मात्रै २४ करोड ९६ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । यी कम्पनीले ५४ हजार ७५१ वटा बीमालेख बिक्री गरेका थिए । जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममा १ खर्ब ४२ अर्ब रुपैयाँमाथि कुल बीमाशुल्क आर्जन गरेका छन् ।

Prabhu
Crest

असार मसान्तसम्ममा वैदेशिक रोजगारी बीमालेख मार्फत नेशनल लाइफले ३५ हजार ४६ वटा बीमालेख बिक्री गरी १४ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । नेपाल लाइफले २ लाख १७ हजार ८९२ वटा बीमालेख बिक्री गरी ४७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

त्यस्तै, एशियन लाइफले ७ हजार १७४ वटा बीमालेख बिक्री गरी १ करोड ९२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । आइएमई लाइफले १ लाख ९ हजार ६३५ वटा बीमालेख बिक्री गरी ४३ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । सन नेपाल लाइफले ७ लाख ४६ हजार ९२५ वटा बीमालेख बिक्री गरी १अर्ब ८ करोड १ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

त्यसैगरी रिलायबल नेपाल लाइफले ४१ हजार ८४२ वटा बीमालेख बिक्री गरी १९ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सिटिजन लाइफले १ लाख २६ हजार ८२८ वटा बीमालेख बिक्री गरी १९ करोड ९० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रभु लाइफले ४ हजार ९०४ वटा बीमालेख बिक्री गरी २ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सूर्यज्योति लाइफले २ लाख ७६ हजार ८३० वटा बीमालेख बिक्री गरी ३९ करोड १० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सानिमा रिलायन्स लाइफले ६२ हजार ४९९ वटा बीमा पोलिसी विक्री गरी २५ करोड ५३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

बीमा प्राधिकरणका अनुसार इजाजत प्राप्त १४ जीवन बीमकमध्ये १० वटाले मात्र वैदेशिक राेजगार बीमालेख बिक्री गरिरहेका छन् । मेट लाइफ, राष्ट्रिय बीमा संस्थान, हिमालयन लाइफ, एलआइसी नेपाल र ले वैदेशिक राेजगार बीमालेख बिक्री गरेका छैनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS