IME Life
Beema Board

आजदेखि हिमाल दोलखाले १५ लाख ७७ हजार कित्ता हकप्रद लिलामीमा विक्री गर्दै

SPIL
NIC ASIA

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावरले सर्वसाधारण समुहको हकप्रद शेयर लिलामी मार्फत विक्री गर्ने भएको छ । कम्पनीले आज साउन २२ गतेदेखि लिलामीमा विक्री गर्ने भएको छ । १५ लाख ७७ हजार २११ कित्ताका लागि आवेदन नपरेकाले लिलामीमा बिक्री गर्न लागेको हो ।

उक्त शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ । शेयरमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।

Prabhu
Crest

शेयरमा लक्ष्मी क्यापिटलको कार्यालय नयाँ बानेश्वर साथै लक्ष्मी सनराइज बैंकका शाखाहरु विराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणघाट, पोखरा, बाग्लुंग, बुटवल, नेपालगंज, घोराही, सुर्खेत, धनगढी र महेन्द्रनगर बाट आवेदन दिन सकिने छ ।

उक्त शेयरमा न्युनतम १ सय कित्ताको लागि र अधिकतम पुरै कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयरको मूल्य न्युनतम एक सय रुपैयाँ कायम गरिएकोले सो भन्दा बढी रकम कबुल गरि आवेदन दिनु पर्ने छ। ५ लाख भन्दा बढीको आवेदन दिनेलाई प्यान नम्बर अनिवार्य हुनुपर्ने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS