IME Life

एनआईसी एशिया डाइनामिक डेप्ट फण्डले घोषणा गर्यो प्रतिफल

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले संचालन गरेको खुलामुखी सामुहिक लगानी कोष योजना “एनआईसी एशिया डाइनामिक डेप्ट फण्ड” ले प्रतिफल घोषणा गरेको छ । क्यापिटलको आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९ /८० को को प्रतिफल घोषणा गरेको हो ।

यस योजनाका इकाईधनीहरुलाई १० प्रतिशत (कर सहित) का दरले प्रतिफल वितरण गर्ने क्यापिटलले जनाएको छ । उक्त प्रतिफल आज साउन १९ गतेसम्म कायम भएका इकाईधनीहरुलाई वितरण गर्ने गरि बुक क्लोज गरिएको छ।

Prabhu
Crest

“एनआईसी एशिया डाइनामिक डेप्ट फण्डबाट वितरण गरिने प्रतिफललाई पूनः लगानी गर्न मिल्ने गरि संचालन गरिरहेकोले उक्त योजनामा सहभागी हुनको लागि एनआईसी एशिया क्यापिटलको वेभसाइट वा सोझैमा क्लिक गरि रितपुर्वक विवरण भर्न क्यापिटलले आग्रह गरेको छ ।

रितपुर्वक आवेदन प्राप्त इकाईधनीहरुको प्रतिफल रकम बराबरको इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा पठाइदिने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ। क्यापिटलका अनुसार पूनः लगानी प्लानमा सहभागी हुन साउन ३२ गतेसम्म आवेदन दिन सकिने छ। उल्लेखित समय भित्र प्रतिफल पुनःलगानी प्लानमा सहभागी नहुने इकाईधनीहरुको हकमा उक्त प्रतिफल बापतको रकम भदौ १ गते पश्चात् सम्बन्धित इकाईधनीहरुको हितग्राही खातामा उल्लेख गरिएको बैंक खातामा सोझै जम्मा हुने क्यापिटलले जनाएको छ।

प्रतिफल पूनः लगानी प्लानमा सहभागि हुनको लागि आवेदन दिएका इकाईधनीहरुको हकमा प्राप्त गर्ने प्रतिफल रकमबाट योजनामा सहभागि हुन मिल्ने अन्तिम दिन साउन ३२ गते कायम प्रति इकाई खुद सम्पत्ति मुल्यले गणना गर्दा प्राप्त हुने इकाई सम्बन्धित इकाईधनीको हितग्राही खातामा जम्मा गरिने व्यवस्था मिलाइने क्यापिटलले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS