IME Life
Beema Board

सानिमा बैंकको नाफा २५% ले बढ्दा लाभांश दिने क्षमता कति ?

SPIL
NIC ASIA

काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष ७८/७९ को तुलनामा आर्थिक वर्ष ७९/८० को चौथो त्रैमासमा बैंकको नाफा २५ दशमलव १३ प्रतिशतले वृद्धि हुँदै २ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानी ३९ दशमलव ५० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ६५ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ६ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । संचालन नाफा २७ दशमलव ९६ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

कम्पनीले प्रकाशन गरेको प्रतिवेदन अनुसार कम्पनीको वितरणयोग्य नाफा २ अर्ब २० करोड रहेको छ । यसको आधारमा कम्पनीको प्रति शेयर वितरणयोग्य नाफा (लाभांश क्षमता) १७ रुपैयाँ ७३ पैसा रहेको छ ।

कम्पनीको खराब कर्जा भने केही बढेको छ । अघिल्लो वर्ष शुन्य दशमलव ३३ प्रतिशत रहेको खराब कर्जा गत आर्थिक वर्षको अन्त्यमा १ दशमलव ३० प्रतिशत रहेको छ ।

१२ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीको जगेडामा ४ अर्ब ७० करोड रुपैयाँ र रिटेण्ड अर्निंङ्गमा २ अर्ब २० करोड रुपैयाँ रहेको छ। प्रकाशित तथ्याङ्क अनुसार कम्पनीको प्रति शेयर आम्दानी २१ रुपैयाँ ०२ पैसा र  प्रति शेयर नेटवर्थ १५५ रुपैयाँ ५१ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS