IME Life
Beema Board

आर्थिक मन्दीकाे बाछिटाः जीवन बीमा कम्पनीबाट समर्पण मूल्यमै बाहिरियाे रु‍. १४ अर्ब

SPIL
NIC ASIA

काठमाडाै‌ं । तरलता अभाव र आर्थिक स‌ंकटका कारण गत वर्ष असमयमै बीमितले बीमालेख परित्याग गरेर १४ अर्ब २७ कराेड रुपैयाँ बढी रकम दाबी भुक्तानी लगेका छन् । सञ्चालनमा रहेका १५ वटा जीवन बीमा कम्पनीबाट प्राप्त तथ्यांककाे आधारमा तुलना गर्दा समर्पण मूल्यवापतकाे दाबी रकम समेत १७ प्रतिशतले वृद्धि भएकाे छ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएकाे प्रारम्भिक तथ्या‌ंक अनुसार जीवन बीमा कम्पनीले २०७९।८० मा कूल १४ अर्ब २७ कराेड ५४ लाख रुपैयाँ समर्पण मूल्यवापत भुक्तानी गरेका छन् । अघिल्लाे आव २०७८।७९ मा यस्ताे दाबीवापतकाे रकम जम्मा १२ अर्ब १८ कराेड ८० लाख रुपैयाँ रहेकाे थियाे । प्राधिकरणका अनुसार केही बीमकले बीमालेख समर्पण नियन्त्रणमा राख्न सफलता पाएपनि अधिकांश बीमककाे समर्पण दाबी वृद्धि भएकाे छ।

Prabhu
Crest

१५ वर्ष भन्दा पुराना जीवन बीमकमध्ये नेपाल लाइफ इन्स्याेरेन्स र एशियन लाइफ इन्स्याेरेन्सले समर्पण मूल्यवापतकाे दाबी भुक्तानी रकमलाई अघिल्लाे आव २०७८।७९ काे तुलनामा नियन्त्रण गर्न सकेका छन् । नेपाल लाइफकाे समर्पण मूल्यवापतकाे दाबी रकम ४‍.५२ प्रतिशतले घटेकाे छ। समर्पण मूल्य भुक्तानीमा सामान्य गिरावट आएपनि जीवन बीमकमध्ये सर्वाधिक ४ अर्ब ७८ कराेड ८५ लाख रुपैयाँ समर्पण मूल्य भुक्तानी नेपाल लाइफले नै गरेकाे छ । अघिल्लाे आवमा नेपाल लाइफले ५ अर्ब १ कराेड ५४ लाख ४९ हजार रुपैयाँ समर्पण मूल्य भुक्तानी गरेकाे थियाे। एशियन लाइफले समर्पण मूल्य वापतकाे भुक्तानीमा १६‍.१४ प्रतिशतले कटाैती गर्न सफल हुँदै गत आवमा ४९ कराेड ३९ लाख रुपैयाँ भुक्तानी गरेकाे प्राधिकरणले सार्वजनिक गरेकाे तथ्या‌ंकमा उल्लेख छ।

यसैगरी एलआइसी नेपालले ३ अर्ब ५१ कराेड १८ लाख रुपैयाँ समर्पण मूल्य भुक्तानी गर्दा अघिल्लाे आवकाे तुलनामा १९‍.५८ प्रतिशतले दाबी भुक्तानी बढेकाे छ। अघिल्लाे आवमा ५ अर्ब १ कराेड ५४ लाख ४९ हजार रुपैयाँ समर्पण मूल्य भुक्तानी गरेकाे थियाे । नेशनल लाइफ इन्स्याेरेन्सकाे समर्पण दाबी ६७‍.७६ प्रतिशतले वृद्धि भएर गत आवमा १ अर्ब ४४ कराेड २३ लाख २७ हजार रुपैयाँ पुगेकाे थियाे ।

सरकारी स्वामित्वकाे जीवन बीमक राष्ट्रिय बीमा स‌ंस्थानले १ अर्ब १७ कराेड ४२ लाख रूपैयाँ समर्पण मूल्य भुक्तानी गरेकाे छ। समर्पण मूल्यकाे दबाब ३७.२५ प्रतिशतले वृद्धि भएकाे थियाे । डेढ दशक पुराना दुई जीवन बीमक प्राइम लाइफ, गुराँस लाइफसँग आधा दशक पुरानाे यूनियन लाइफ इन्सुरेन्स मिलेर बनेकाे  हिमालयन लाइफ इन्स्याेरेन्सकाे समर्पण दाबी ३३‍.३७ प्रतिशतले बढेर ९३ कराेड २१ लाख रूपैयाँ पुगेकाे छ। सूर्य ज्याेती लाइफले समर्पण मूल्य दाबी वापत गत आवमा ७७ कराेड ४४ लाख ८८ हजार रुपैयाँ भुक्तानी गरेकाे छ।

मेट लाइफ इन्स्याेरेन्स पनि समर्पण मूल्य भुक्तानीका लागी गत आवमा दबाबमै रह्याे । यसले बीमितलाई ४२ कराेड ७२ लाख १० हजार रुपैयाँ समर्पण मूल्यवापत भुक्तानी गरेकाे छ ।

सानिमा रिलायन्सले समर्पण मूल्यवापतकाे दाबी भुक्तानीलाई अघिल्लाे आवकाे तुलनामा नियन्त्रण गर्दै ११‍.५५ प्रतिशतकाे दरले घटाएकाे छ। यसले गत आवमा १८ कराेड ८५ लाख १९ हजार रुपैयाँ समर्पण मूल्य भुक्तानी गरेकाे छ। प्रभु लाइफकाे समर्पण मूल्य भुक्तानी ६‍.४८ प्रतिशतले वृद्धि भएर १५ कराेड ७३ लाख ७० हजार रूपैयाँ पुगेकाे थियाे । सिटिजन लाइफले ११ कराेड ८४ लाख रुपैयाँ र आइएमई लाइफले १० कराेड २७ लाख रुपैयाँ समर्पण मूल्य भुक्तानी गरेकाे छ ।गत आवकाे असार मसान्तसम्ममा कान्छाे जीवन बीमककाे रुपमा रहेकाे महालक्ष्मी लाईफले समर्पण मूल्यलाई सर्वाधिक ४४‍.२१ प्रतिशतले नियन्त्रण गरेर ३ कराेड ५७ लाख ८५ हजार रूपैयाँमा सीमित गर्न सफलता पाएकाे छ।

समर्पण गरिएकाे बीमालेखकाे स‌ंख्याकाे आधारमा समेत नेपाल लाइफ इन्स्याेरेन्स कूल ३२,१२६ बीमालेख सहित शीर्ष स्थानमा रह्याे । नेपाल लाईफलाई २०,१८० बीमालेखकाे साथमा पछ्याउँदै एलआइसी नेपाल दाेश्राे स्थानमा रह्याे । यसैगरी राष्ट्रिय बीमा स‌ंस्थानले १४,४११ वटा बीमालेख समर्पण स्वीकारेकाे छ। गत आवमा महालक्ष्मी लाइफले सबैभन्दा थाेरै ३१२ वटा बीमालेख मात्र समर्पण स्वीकारेकाे छ।

किन बढ्याे समर्पणः

गत आर्थिक वर्षभर नै बै‌ंक तथा वित्तीय संस्थाहरूमा तरलताकाे अभाव रह्याे । बैंकले निक्षेप आकर्षित गर्न मुद्दती निक्षेपकाे ब्याज दर दाेहाेराे अंकमा पुर्याए । निक्षेपकाे ब्याजसँगै कर्जाकाे पनि ब्याज बढ्याे । महँगी बढ्दा सर्वसाधारणकाे बचत क्षमता कमजाेर हुँदै गयाे । अर्काे तर्फ बैंकबाट लगानीकाे लागी पर्याप्त रकम नपाए पछि व्यापारी र उद्याेगीले बीमालेख कर्जा र समर्पणलाई नगद प्रवाह व्यवस्थापन गर्ने माध्यम बनाए । सर्वसाधारणले पनि खुम्चि‌ंदाे आम्दानी र बचतकाे दबाबमा बीमालेख समर्पणलाई सहज विकल्पकाे रुपमा राेज्नुपर्ने बाध्यता सिर्जन भयाे ।

बीमालेख समर्पण बढ्नुकाे पछाडी बीमक र अभिकर्ताबीच नयाँ व्यापारका लागी प्रतिस्पर्धीसँगकाे हाेडबाजी पनि एउटा कारक रह्याे । आफ्नाे प्रभावमा रहेका बीमितलाई बीमालेख समर्पण गराउने र पुनः नयाँ बीमालेख जारी गर्ने गलत अभ्यास लामाे समयदेखि जीवन बीमा क्षेत्रमा हुँदै आएकाे छ।

जीवन बीमालेख निर्देशिका २०७८ मार्फत् नेपाल बीमा प्राधिकरणले ३ वार्षिक किस्ता तिरे पछि मात्र कुनै पनि जीवन बीमालेख समर्पण मूल्य दाबी याेग्य हुने प्रावधान लागू गर्याे । याे निर्देशिका स‌ंशाेधन गरेर हाल जीवन बीमालेख निर्देशिका २०७९ लागू गरिएकाे छ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS