IME Life
Beema Board

जीवन बीमा कम्पनीहरुको कुल व्यवसाय १ खर्ब ४२ अर्बमाथि, कुनले कति गरे ? (तथ्याङक सहित)

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्बमाथि कुल बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३० करोड ६८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दा ३१ अर्ब १९ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले यस अवधिसम्ममा ३७ अर्ब १६ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको हो । एलआइसी नेपालले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । नेशनल लाइफले १६ अर्ब ४१ करोड ६९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
त्यस्तै, हिमालयन लाइफले १४ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ८ अर्ब ८१ करोड २७ लाख रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ८ अर्ब ३० करोड ९८ लाख, एशियन लाइफले ७ अर्ब १ करोड, ४६ लाख, सिटिजन लाइफले ५ अर्ब ८९ करोड ४५ लाख, सानिमा रिलायन्स लाइफले ५ अर्ब ६३ करोड ६० लाख, मेट लाइफले ५ अर्ब २६ करोड २२ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

Prabhu
Crest

त्यसैगरी, आइएमई लाइफले ४ अर्ब १८ करोड ६३ लाख, रिलायबल नेपाल लाइफले ३ अर्ब ७९ करोड ४९ लाख, सन नेपाल लाइफले ३ अर्ब ७५ करोड ५ लाख, प्रभु लाइफले २ अर्ब ५ करोड १९ लाख र महालक्ष्मी लाइफले १ अर्ब ६० करोड ४६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

82%

खुसी

6%

दु :खी

6%

अचम्मित

6%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS