IME Life

जीवन बीमा कम्पनीहरुले आर्जन गरे ३१ अर्ब १९ करोड प्रथम बीमा शुल्क, कुनको कति ?

SPIL
NIC ASIA

काठमाडौं । आर्थिक वर्ष २०७९ /८० को असार मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुले ३१ अर्बमाथि प्रथम बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले १ खर्ब ४२ अर्ब ३० करोड ७४ लाख रुपैयाँ कुल बीम शुल्क आर्जन गर्दा ३१ अर्ब १९ करोड ९१ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका हुन् ।

यस अवधिसम्ममा सबैभन्दा धेरै नेपाल लाइफले प्रथम बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६ अर्ब ५७ करोड ११ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा नेशनल लाइफ रहेको छ । कम्पनीले यस अवधिसम्ममा ३ अर्ब ८७ करोड ७२ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । सूर्यज्योति लाइफले २ अर्ब ७२ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । एलआइसी नेपालले २ अर्ब ३८ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

Prabhu
Crest

त्यसैगरी यस अवधिसम्ममा हिमालयन लाइफले २ अर्ब २९ करोड, सिटिजन लाइफले १ अर्ब ९२ करोड, सानिमा रिलायन्स लाइफले १ अर्ब ८५ करोड, सन नेपाल लाइफले १ अर्ब ७४ करोड, एशियन लाइफले १ अर्ब ५४ करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ५० करोड, आइएमई लाइफले १ अर्ब ४३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

त्यस्तै, मेट लाइफले १ अर्ब २४ करोड, राष्ट्रिय बीमा संस्थानले ९५ करोड ३० लाख, प्रभु लाइफले ६३ करोड ५८ लाख र महालक्ष्मी लाइफले ५० करोड ४३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

5%

दु :खी

15%

अचम्मित

0%

उत्साहित

5%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS