IME Life
Beema Board

हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराउन अपर तामाकोशीको आग्रह

SPIL
NIC ASIA

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले कर्मचारी र आयोजना प्रभावित स्थानीयलाई हितग्राही खाता खोली शेयर अभौतिकीकरण गराउन आग्रह गरेको छ । कम्पनीले कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता लगायत कम्पनीमा ऋण लिने र दिने संस्थाका कर्मचारीका लागि आइपीओ जारी गरेको थियो ।

साथै आयोजना प्रभावित स्थानीयमा समेत कम्पनीले आइपीओ जारी गरेको थियो । सो समयमा आइपीओ प्राप्त गर्ने सदस्यहरूलाई भौतिक रुपमै प्रमाणपत्र वितरण गरिएकाले सो प्रमाणपत्र संकलन गर्न बाँकी शेयरधनीहरूलाई आफ्नो प्रमाणपत्र संकलन गरी हितग्राही खाता खोली यथासिघ्र अभौतिभीकरण गर्न कम्पनीले आग्रह गरेको हो ।

Prabhu
Crest

यस कम्पनीले शतप्रतिशत हकप्रद शेयर विक्री गर्न अनुमति पाईसकेको छ । असार २२ गते हाल कायम चुक्तापूँँजी १० अर्ब ५९ करोड रूपैयाँको आधारमा १० करोड ५९ लाख कित्ता हकप्रद शेयर विक्री गर्न कम्पनीले बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले यस शेयरमा आवेदन दिनका लागि समेत सहज हुने जानकारी गर्दै हालसम्म पनि आफ्नो शेयर अभौतिकीकरण नगराएका सदस्यहरूलाई यथासिघ्र गराउन कम्पनीले आग्रह गरेको हो । सम्बन्धित शेयरधनीहरूले कम्पनीको शेयर रजिष्ट्रार सनराइज क्यापिटल लिमिटेडमा सम्पर्क गर्नुपर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

50%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS