IME Life
Beema Board

सिटिजन र रिलायबल नेपाल लाइफको आइपीओमा पर्यो मागभन्दा बढी आवेदन

SPIL
NIC ASIA

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा २२ हजार बढीले आवेदन दिएका छन् । सिडिएसका अनुसार साउन ६ गते साझ ५ः०३ बजेसम्म कम्पनीको आइपीओमा २२ हजार ६५३ जनाबाट ४२ करोड ५ लाख ७७ हजार ९३० रुपैयाँ बराबरको १६ लाख ३६ हजार ४९० कित्ताका लागि आवेदन परेको हो । कम्पनीले १२ कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरले आवेदन दिने गरी विक्रीमा ल्याएको हो ।

त्यस्तै, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा निष्काशन गरेको आइपीओमा १९ हजार बढीले आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज साउन ७ गते विहान १०ः०३ बजेसम्म १९ हजार २१ जना आवेदकबाट ३२ करोड ६० लाख ६९ हजार ४०० रुपैयाँ बराबरको १३ लाख ३६ हजार ३५० कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले ११ लाख २५ हजार कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरले आवेदन दिने गरी विक्रीमा ल्याएको हो ।

Prabhu
Crest

सिटिजन लाइफ
कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २४४ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।कम्पनीले पहिलो चरणमा वैदेशि रोजगारमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरेको हो । सर्वसाधारण लगानीकर्ताको लागि भने मिति तय भएको छैन ।

कम्पनीले प्रति शेयर रू१०० अङ्कित दरमा कर्मचारीहरुको लागि र बाँकीलाई प्रति शेयर रू १०० अङ्कित दरमा प्रिमियम बापत रू १४४ थप गरी जम्मा प्रति शेयर मूल्य रू २४४ मा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्नेछ । कम्पनीले ५ लाख ६२ हजार ५०० कित्ता शेयर प्रति शेयर रू १०० अङ्कित दरमा कर्मचारीहरुको लागि निष्काशन गरेको हो ।

साधारण शेयरको सर्वसाधारणमा निष्काशन गरिने तथा सर्वसाधारणलाई छुट्टाइएको शेयरमध्येको ५ प्रतिशत अर्थात् ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ९० लाख कित्ता साधारण शेयरहरूको सार्वजनिक निष्काशन गरिने छ ।

कम्पनीको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार ३१ गतेदेखि साउन १४ गतेसम्म आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ११ लाख २५ हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तयि दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

रिलायबल नेपाल लाइफ 
इन्स्योरेन्सले आफ्नो जारी पूँजी ४ अर्बको ३० प्रतिशतले हुन आउने १ अर्ब २० करोड बराबरको प्रति शेयर अंकित मूल्य एक सय दरमा प्रिमियम बापत १५७ रुपैयाँ थप गरी प्रति कित्ता २५७ रुपैयाँमा आइपीओ निष्काशन गरेको हो ।

कम्पनीले पहिलो चरणमा असार २७ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ निष्काशन गगरेको हो। पहिलो चरणमा १२ लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहिरहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गरेको हो ।

त्यस्तै, कम्पनीका अनुसार ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याइएको, ५ प्रतिशत अर्थात् ६ लाख कित्ता शेयर प्रति शेयर अंकित मूल्य १ सय रुपैयाँको दरले कम्पनीका कर्मचारीहरुको लागि सुरक्षित गरी बाँकी रहने ९६ लाख कित्ता साधारण शेयरहरुको प्रारम्भिक सार्वजनिक निष्कासन गरिने छ । सर्वसाधारण लगानीकर्ताको लागि भने मिति तय भएको छैन ।

इन्स्योरेन्सको शेयरमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले असार २७ गतेदेखि साउन १० गतेसम्म आवेदन दिन सक्नेछ। कम्पनीको आइपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ।

आइपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले इन्स्योरेन्सको क्रेडिट जोखिम बहन गर्ने क्षमता मध्यमस्तरको रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तयि संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो शेयर’ सफटवेयरबाट आवेदन दिन सक्नेछन्।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS