IME Life

भद्र सहमति तोडिए पछि बैंकहरुले आफुखुसी तय गरे व्याजदर

SPIL
NIC ASIA

काठमाडौं । बैंकहरुले व्याजदरमा गर्दै आएको भद्र सहमति तोडिएसँगै आफुखुसी व्याजदर तय गरेका छन् । बैंकिङ प्रणालीमा चरम तरलता अभाव हुँदा निक्षेप खोसा खोस भएपछि बैंकहरुले अधिकतम व्याजदरको सिलिङ निर्धारण गर्दै आएका थिए ।

बैंकर्स संघ र नेपाल राष्ट्र बैंकको समन्वयमा बैंकहरुले हरेक महिना व्याजदरमा कार्टेलिङ गर्ने गरेका थिए । पछिल्लो समय प्रणाली तरलता थुप्रिन थालेपछि अधिक निक्षेप संकलन गरेकाले व्याजदर घटाएका छन् भने केहि बैंकहरुले उल्टै बढाएका छन् ।

Prabhu
Crest

नविल बैंकले भने केहि बढाएको छ । बैंकले साउन महिनाका लागि तय गरेको व्याजदर अनुसार ३ महिना भन्दा बढि अवधिको मुद्दती निक्षेपकर्तालाई ९.९९ प्रतिशत, रेमिट्यान्स खाताका लागि १०.९९ प्रतिशत, ६ महिना भन्दा बढि अवधिको संस्थागत निक्षेपकर्तालाई ७.९९ प्रतिशत व्याज दिने भएको छ । साधारण निक्षेपकर्ताले न्युनतम ५.४० प्रतिशत कायम गरेको छ ।

त्यस्तै एनएमबी बैंकले पनि निक्षेपको व्याजदरमा बृद्धि गरेको छ । बैंकले नविलको जस्तै तीन महिना भन्दा बढि अवधिको मुद्दती निक्षेपका लागि ९.९९ प्रतिशत, रेमिट्यान्स खाताको लागि १०.०० प्रतिशत निर्धाण गरेको छ । संस्थागत निक्षेपकर्ताका लागि भने ७.९९ प्रतिशत तोकेको छ । जवकी यस भन्दा अगाडी बैंकहरुविच निक्षेपको व्याजदर १० प्रतिशत भन्दा ननघाउने भद्र सहमति थियो । प्राइम बैंक र कुमारी बैंकले भने घटाएका छन् ।

साउन महिनाका लागि प्रभु बैंक, राष्ट्रिय बाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक, सानिमा बैंक, नेपाल बैंक, कृषि विकास बैंक, नेपाल एसबिआइ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंकले व्याजदर घटाएका हुन् । सिटिजन बैंक, हिमालयन बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंकले भने व्याजदरलाई चलाउन चाहनेन् ।

बाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी विचको अन्तर ५ खर्ब ५९ अर्ब भन्दा माथि रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुको सिडी रेसियो ८१.७५ छ । एकातिर कर्जाको गुणस्तर घटिरहेको छ भने अर्को तर्फ तरलता थुप्रिरहेको छ । यसले गर्दा बैंकहरुको लगात खर्च बढ्नुका साथै व्यापारको सन्तुलनमा पनि प्रभाव परेको देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS