IME Life
Beema Board

दुई जीवन बीमा कम्पनीले मागे सातै प्रदेशका लागि कर्मचारी, आवेदन दिने आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । दुई जीवन बीमा कम्पनी सूर्यज्योति लाइफ इन्स्योरेन्स र प्रभु महालक्ष्मी लाइफले सातै प्रदेशका लागि कर्मचारी माग गरेका छन् । सूर्यज्योति लाइफ इन्स्योरेन्सकम्पनीले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशका लागि शाखा प्रमुख माग गरेको हो । शाखा प्रमुखका लागि कम्पनीले मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तिमा स्नातक तह वा सो सरहको परीक्षा उर्तिण गरेको हुनुपर्ने जनाएको छ भने उमेर हक २१ वर्ष पुरा भई ४० वर्ष ननाघेको हुनुपर्ने जनाएको छ ।

त्यसैगरी बीमा तथा बैंक, वित्तीय क्षेत्रमा कम्तिमा १ वर्ष विक्री तथा बजार व्यवस्थापनको क्षेत्रमा २ वर्ष काम गरेको अनुभव भएको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आज असार ३१ गतेभित्र कम्पनीको नलाइन फर्म मार्फत आफुले आवेदन दिने चाहेको प्रदेश र शाखा कार्यालय उल्लेख गरी आवेदन दिनुपर्नेछ ।

Prabhu
Crest

त्यस्तै, काठमाडौं। प्रभु महालक्ष्मी लाइफले सातै प्रदेशका लागि कर्मचारी माग गरेको छ । एक आपसमा मर्ज भई छिट्टै एकिकृत कारोबार गर्न लागेका प्रभु लाइफ इन्स्योरेन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारी आवश्यक परेकाले कर्मचारी माग गरेको हो ।

कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको जनाएको छ । कम्पनीले न्युनतम स्नातक गरेको हुनुका साथै एक वर्ष मार्केटिङ क्षेत्रमा राम्रो अनुभव समेत रहेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका आवेदकले असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS