IME Life
Beema Board

बीमा बजारीकरणमा असल बिक्री कलाका यस्ता छन् उत्कृष्ट तरिकाहरु

SPIL
NIC ASIA

काठमाडौं । बीमा अभिकर्ता भनेको कम्पनीका तलबी कर्मचारी नभई कमिशनको आधारमा बीमकको तर्फबाट काम गर्ने इजाजतपत्र प्राप्त व्यक्तिहरुलाई नै अभिकर्ता भनिन्छ । अभिकर्ताहरुलाई बीमा कम्पनीको मेरुदण्ड पनि भनिन्छ । बीमा कम्पनीको ग्राहक बृद्धि गर्ने प्रमुख माध्यम नै अभिकर्ता हुन् । पछिल्लो समय बीमा अभिकर्ता पेशामा मानिसहरुको चासो  बढ्दै गइरहेको पाईन्छ । तर, बीमा गराउने काम सजिलो छैन् साथ साथै त्यति धेरै गाह्रो पनि छैन् । अभिकर्ताले बीमितहरुलाई बीमाको आवश्यक्ता र महत्वको बारेमा राम्ररी बुझाउन सक्नुपर्छ ।

बास्तवमा बीमाको आवश्यक्ता किन ? बीमा नहुँदा परिवारलाई हुन सक्ने आर्थिक नोक्सानीको साथै परिवार तथा स्वयं आफैलाई हुने फाइदाको बारेमा बुझाउन सकियो भने व्यवसाय सजिलो सँग गर्न सकिन्छ । बीमितलाई अन्य कम्पनी र आफ्नो कम्पनीले दिने मुनाफालाई तुलनात्मक रुपमा बुझाउन सक्नु पर्छ । आफ्नो कम्पनीको वारेमा जति थाहा हुन्छ त्यो भन्दा बढि अरु कम्पनीका वारेमा पनि थाहा हुनु पर्छ अनि मात्रै बीमितको  चित्त बुझाउन सकिन्छ ।

Prabhu
Crest

अभिकर्ताहरुले मुख्यतः जीवन बीमा योजनाहरु, बीमालेखका सेवा तथा शर्तहरु, बीमा शुल्क निर्धारणका विधिहरु, बीमा‍ प्रस्ताव फारमका साथै अन्य विभिन्न फारमहरु भर्ने र भराउने तरिकाहरुमा ज्ञान हुनु नितान्त आवश्यक छ । कुनै पनि ग्राहरुलाई बीमा गराउने कार्यमा अभिकर्ता आफु निपुर्ण हुन सक्नु नै सफल अभिकर्ताको परिचय मानिन्छ ।

बीमा अभिकर्ताहरुमा बीमा सम्बन्धी राम्रो ज्ञान हुनुको साथै बीमा गर्ने विक्री कला पनि उत्तिकै हुनुपर्दछ । विक्री कला राम्रो भएन भने बीमा गराउन राह्रो हुन्छ । त्यसकारण बीमा गराउनका लागि अभिकर्ताहरुमा विक्री कला पनि राम्रो हुनु पर्दछ । तर, अभिकर्ताहरुले बीमा विक्री गर्दा कम्पनीमा नभएको कुराहरुलाई बढाईचढाई गरेर प्रस्तुत गर्नु चाँही हुँदैन् ।

यस्ता छन् असल विक्री कलाका तरिकाहरु

बीमा अभिकर्ताले बीमा विक्री गर्दा जिम्मेवारी तवरबाट बीमा प्रस्ताव राख्नुपर्दछ । हाम्रो जस्तो बीमामा जनचेतना एकदमै न्युन भएको मुलुकमा विक्री कार्य जटिल र चुनौतिपुर्ण रहेको छ । त्यसकारण पनि बीमा अभिकर्ताहरुको प्रस्तुती नै बीमा विक्री कलामा निर्भर रहने गर्दछ । बीमा विक्री गर्दा यस्ता कुरामा ध्यान दिनुपर्छ :

  • विषयवस्तुमा पुर्ण ज्ञान
  • सरल तरिकाबाट प्रस्तुतीकरण
  • आफुमा मात्रै धेरै ज्ञान छ भन्ने भान हुन नदिने
  • बीमा प्रस्तावकको स्तरमा ध्यान पुर्याउने
  • ठुलो स्वरमा कुरा नगर्ने
  • राम्रोसँग सम्बोधन गर्ने
  • आफ्नो भनाईलाई आकर्षक ढङबाट प्रस्तुत गर्ने
  • समाधानको बाटो खोज्ने
  • समस्याहरुको विवेचना गर्ने
  • अनावश्यक हाउभाउ नदेखाउने
  • शब्द र शारीरिक भावको समायोजन गर्ने
  • प्रस्तुतीकरण छिटो मिठास र पुर्ण हुने
  • बीमितहरुको क्षमता अनुसारको बीमा योजना प्रस्तुत गर्ने
  • बीमा कम्पनीको बारेमा सकारात्मक सन्देश दिने

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

76%

खुसी

3%

दु :खी

10%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS