IME Life
Beema Board

कागजपत्र पुरा नगरेका ६ हजार अभिकर्ताको विवरण असार भित्र पेश गर्न प्राधिकरणको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले न्युनतम कागजपत्र नपुर्याएर लाइसेन्स नविकरण नभएका अभिकर्तालाई यहि असार भित्र पेश गर्न निर्देशन दिएको छ । यस्ता अभिकर्ताको संख्या ६ हजार रहेको छ । प्राधिकरणले सम्पुर्ण कम्पनीहरुलाई परिपत्र जारी गर्दै यस भन्दा अगाडी कागजपत्र नपुर्याएका अभिर्ताको विवरण पेश गर्न पत्राचार गरेको हो ।

यदि कम्पनीहरुले न्युनतम कागजपत्र जुटाएमा अभिकर्ता लाइसेन्स नविकरण गरिदिने प्राधिकरणको भनाइ छ । कम्पनीहरुले असार ३१ गते भित्र कागजपत्र जुटाएमा लाइसेन्स नविकरण हुनेछ । तर उनिहरुले कागजपत्र नजुटाएमा लाइसेन्स नै रद्द हुन्छ । लाइसेन्स रद्द गरेर नयाँ प्रकृयाँमा जानु भन्दा पुरानै विवरण अनुसार लाइसेन्स स्वीकार गर्न प्राधिकरणले निर्देशन दिएको हो ।

Prabhu
Crest

बीमा प्राधिकरणका अनुसार ४५ हजार भन्दा धेरै अभिकर्ताले लाइसेन्स नविकरण गर्न सकेका छैनन् । जस मध्ये ६ हजारको कागजपत्र स्पष्ट नभएकाले नविकरण भएको छैन । कतिपयको नागरिकता नबुझिएर, फोटो प्रष्ट नभएर, आवश्यक न्युनतम कागजपत्र स्पष्ट नबुझिएका कारण नविकरण हुन सकेको थिएन ।

बीमा कम्पनीहरुले विदेश गैइसकेका सम्पर्क बाहिर रहेका अभिकर्ताको समेत विवरण पेश गर्ने क्रमम यस्तो समस्या देखिएको थियो । धेरै अभिकर्ता संख्या देखाउन बीमा कम्पनीहरुले लामो समयदेखि उनिहरुको लाइसेन्स नविकरण गराउदै आएका थिए । पैसा तिरे पछि उनिहरुको लाइसेन्स नविकरण हुने भएकाले गएका वर्षमा कुनै समस्या थिएन । तर यस वर्षदेखि प्राधिकरणले सफ्टवेयर मार्फत भौतिक प्रमाणपत्रको डिजिटल कपि नै आह्वान गर्यो । यस क्रममा कतिपय कागजपत्र नबुझिने भइसकेका थिए ।

यस्ता कागजपत्रलाई प्राधिकरणले स्वीकार गरेन । प्राधिकरणले यस्ता अभिकर्ता मध्ये कसैको कागजपत्र जुटेको छ वा अभिकर्ताले चाहना देखाएको छ भने लाइसेन्स नविकरण गराउन सक्ने खुकुलो नीति लिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS