IME Life
Beema Board

अभिकर्ताले एउटै युनिक कोड पाउने, कम्पनी छाड्दा नम्बर परिवर्तन नहुने

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरुलाई युनिक कोड प्रदान गर्ने भएको छ । बीमा कम्पनीहरु मर्जर हुँदा अभिकर्ताहरुको कोड नम्बर एउटै भए पछि प्रणालीबाटै सुधार गर्न थालेको हो ।

साविक प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स कम्पनी मर्जर भएर हिमालयन लाइफ बने सँगै अभिकर्ताहरुको कोड नम्बर दोहोरिएको हो । जसमा बीमा प्राधिकरणले प्रदान गर्ने अभिकर्ता नम्बर पनि दोहोरिए पछि समस्या सिर्जना हुँदै आएको छ ।

Prabhu
Crest

यस्तो समस्या देखिए पनि प्राधिकरणले दीर्घकालिन समाधानको उपाय अपनाउन थालेको हो । यसका लागि प्राधिकरणले सफ्टवेयर निर्माण गरिरहेको छ । प्राधिकरणले यस्तो काम आगामी साउनबाट कार्यान्वयन गर्ने तयारी गरेको छ । यसका लागि बीमा प्राधिकरणले हरेक अभिकर्ताको ९ अंकको युनिक कोड तयार पार्नेछ ।

यस्तो युनिक कोड एक अभिकर्ताको एउटा मात्रै हुन्छ । यदि उसले आफुले काम गरिरहेको कम्पनीलाई छाडेर अर्को कम्पनीमा गयो भने पनि उसको कोड नम्बर उहि नै रहनेछ । बीमा ऐन अनुसार एक अभिकर्ताले एक भन्दा बढि बीमा कम्पनीमा काम गर्न पाउदैनन् त्यसैले पनि प्राधिकरणले एक अभिकर्ताको एउटा युनिक कोड तयार पार्ने भएको हो ।

साउनमा सबै अभिकर्ताले यस्तो युकिक कोड प्राप्त गर्ने नेपाल बीमा प्राधिकरणका अभिकर्ता शाखाका प्रमुख शुम्भु प्रसाद मिश्रले जानकारी दिए । साउनमा यस्तो कोड आए पनि अभिकर्तालेहरुले केहि समय पुरानै कोड देखाएर व्यवसाय गर्न पाउने छन् । नयाँ बन्ने अभिकर्ताले सिधै युनिक कोड पाउने भएकाले कुनै समस्या हुँदैन तर पुराना अभिकर्ताहरुलाई भने कार्यान्वयन गर्दा केहि समस्या देखिन सक्ने प्राधिकरणको अनुमान छ । यस्तो अवस्थामा केहि समय नयाँ र पुरानो दुबै कोड उल्लेख गर्नु पर्ने व्यवस्था गरिने प्राधिकरणको योजना छ । यसरी युनिक कोड प्रदान गर्दा प्राधिकरणलाई पनि धेरै सहज हुनेछ । एउटा कम्पनी छाडेर अर्को कम्पनीमा जादा दोहोरो कागजपत्र पेश गर्नु पर्ने झण्झट अन्त्य हुनेछ ।

प्राधिकरणले अभिकर्तालाई व्यवस्थित गर्न लगातार काम गरिरहेको छ । बीमा ऐन २०७९ मा भएको व्यवस्थालाई ८ महिनामै कार्यान्वयन गरेको प्राधिकरणले मर्जर पछि देखिएको समस्यालाई पनि समाधान गर्न सफ्टवेयर प्रणालीको सहायता लिएको छ ।

सफ्टवेयर प्रणालीबाटै प्राधिकरणले दोहोरो अभिकर्ता लाइसेन्सलाई व्यवस्थापन गरेको छ । अझै पनि ४५ हजार अभिकर्ताले लाइसेन्स नविरकण गराएका छैनन् । प्राधिकरणले यहि असार ३१ गते भित्र उनिहरुलाई अन्तिम मौका दिदै छ । असार ३१ गतेसम्म अभिकर्ता लाइसेन्स नविकरण नगरेमा स्वत लाइसेन्स रद्द हुनेछ । त्यसैले प्राधिकरणले अभिकर्तालाई छिटो भन्दा छिटो नविकरणका लागि आह्वान गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

36%

खुसी

18%

दु :खी

45%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS