IME Life
Beema Board

कर्मचारी विनियमावलीको धज्जी उडाउँदै नेपाल लाइफले रेग्मीलाई दियो करोडौं कर्जा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अवैधानिक कर्मचारी विनियमावलीलाई आधार मानेर तत्कालिन वित्त विभाग प्रमुख  प्रेम प्रसाद रेग्मीलाई करिव एक करोड ८० लाख रुपैयाँ कर्जा दिएको पाइएको छ । यसरी सञ्चालकका खास व्यक्ति भएकै आधारमा रेग्मीले गैर कानुनीरुपमा यति ठूलो रकम कर्जा प्राप्त गर्न सफल भएका हुन् ।

रेग्मी कम्पनीको सञ्चालक कृष्णराज लामिछानेका नजिकका सम्बन्धभित्रका मान्छे भनेर चिनिएका छन् । महालक्ष्मी विकास बैंककाे पूर्व प्रमुख कार्यकारी अधिकृत लामिछानेकै जाेडबलमा सञ्चालक समिति अध्यक्ष गाेविन्द संघईले रेग्मीलाई महालक्ष्मी विकास बैंकबाट नेपाल लाईफमा भित्र्याएका हुन् । यहि शक्तिको आडमा उनले कर्मचारी विनियमावली विपरित घर जग्गा खरिद गर्नका लागि एक करोड ८० लाख रुपैयाँ कर्जा हात पारेका हुन् ।

Prabhu
Crest

नेपाल लाइफले गएको  २०७९ पुसमा कर्मचारी विनियमावली संशोधन गरेर माघ महिनामा नेपाल बीमा प्राधिकरण समक्ष स्वीकृतिका लागि पेश गरेको थियो । प्रस्तावित कर्मचारी विनियमावलीका प्रावधानहरु श्रम ऐन विपरित भएकाे र कर्मचारीले खाइपाई आएको सुविधा समेत कटाैती गरिएकाे भन्दै पीडित कर्मचारीहरुले नेपाल बीमा प्राधिकरणमै गएर स्वीकृत नगर्न दबाब दिएपछि प्राधिकरणले हुबहु स्वीकृत गर्न सकेकाे छैन । स्वीकृत नभएपनि सञ्चालक समितिले व्यवस्थापनमार्फत् संशोधित विनियमावली एकपक्षीयरुपमा कार्यान्वयनमा ल्याई सकेकाे छ ।

सञ्चालक समितिले माघ १ गते देखि लागू हुने गरी रेग्मी सहित ५१ जनालाई बढुवा गर्दा पुराना कर्मचारीले दश वर्षमा बल्ल बढुवाकाे पालाे पाउँदा  रेग्मी र मानव स‌ंशाधन विभाग प्रमुख बन्दना शर्माले नेपाल लाइफ प्रवेशकाे दुई वर्ष पनि नपुग्दै बढुवा हात पारे।  चार्टर्ड एकाउन्टेन्ट रेग्मीलाई बढुवा गरेसँगै हतार हतार उनले प्रस्तावित विनियमावलीकाे प्रावधान अन्तर्गत घरकर्जा कुम्ल्याएका छन् । प्राधिकरणबाट संशाेधित विनियमावली स्वीकृत नभई रेग्मीलाई कर्जावापत ठूलाे रकम उपलब्ध गराइएकाे छ। अर्काेतर्फ कर्मचारीको इन्धन, बिदा लगायतका सेवा सुविधा कटाैती गरिएको छ । सञ्चालक समिति निकट भएकै कारण उनले चेन अफ कमाण्ड ताेड्दै सिधै सञ्चालक समिति समक्ष रिपाेर्टिङ गर्दै आएका छन् ।

पोखराको एक होटलमा ३ -४ दिन लगाएर कर्मचारी विनियमावलीको मस्यौदा बनाउँदा मानव संसाधन समितिको संयोजकमा कृष्णराज लामिछाने सहित संचालक सदस्य कमलेश कुमार अग्रवाल,संचालक सदस्य  विमल ढकाल, प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली र सदस्य सचिव बन्दना शर्माले तयार गरेका थिए। उक्त कर्मचारी विनियमावलीको मस्यौदा बनाउँदा  रेग्मी पनि सहभागी थिए । सञ्चालकसँगको सम्बन्धले गर्दा उनले कम्पनीबाट अनेकौ फाइदा लिइरहेका छन् ।

नेपाल लाइफभित्र गुट उपगुटकाे राजनीतिका कारण कर्मचारीकाे मनाेबल खस्कि‌ंदा पछिल्लो समय कुनै पनि वार्षिक व्यवसायीक लक्ष्य पुरा गर्न सकेको छैन । पुराना र अनुभवी कर्मचारीलाई अपमानित गर्ने र जिम्मेवारी खाेस्ने प्रवृत्ती बढ्दै गएपछि अनुभवी कर्मचारी पलायन हुने क्रम जारी छ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ११ बमोजिम कम्पनीहरुले आफ्नो विनियमावली तथा दिग्दर्शन तथा कार्यविधि तयार पार्नुपर्ने र बीमा प्राधिकरणबाट स्वीकृत गराउनुपर्ने प्रावधान छ । प्राधिकरणका अनुसार कुनै पनि कम्पनीले कर्मचारी विनियमावली स्वीकृत नगराइ कार्यान्वयन गराउन पाउदैन । त्यस्तै संस्थागत सुशासन सन्बन्धी निर्देशिकाको दफा ४९ को ‘ख’ अनुसार कर्मचारीलाई कर्जा दिदा कर्मचारी विनियमावली अनुसार प्रदान गर्नु पर्छ । यसरी दफा ११ अनुसार स्वीकृत नै नगराएको व्यवस्था अनुसार कम्पनीले कार्यान्वयन गर्नु आफैमा गैरकानुनी हो । यस सम्बन्धमा प्रतिकृयाका लागी सम्पर्क गर्दा प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले इन्स्याेरेन्स खबरकाे तर्फबाट राखिएकाे जिज्ञासाकाे कुनै जवाफ दिएनन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

4%

खुसी

21%

दु :खी

4%

अचम्मित

0%

उत्साहित

71%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS