IME Life
Beema Board

मधेश प्रदेश कार्यालयद्धारा निजगढमा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बीमा प्राधिकरणको प्रादेशिक कार्यालय अन्तर्गतको मधेश प्रदेश कार्यालयले स्थानिय तहसँग बीमा प्राधिकरण बिषयक अन्तरक्रिया कार्यक्रम बारा जिल्लाको निजगढ नगरपालिकासँग निजगढ पार्टी प्यालेसमा सम्पन्न गरेको छ ।

कार्यक्रमको सभापतित्व प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिको रुपमा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी रहनु भएको थियो । उक्त कार्यक्रममा विशेष अतिथिका रुपमा केरा तथा फलफुल उत्पादक संघ निजगढका अध्यक्ष एक बहादुर श्रेष्ठ, बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि.का अध्यक्ष थानेश्वर सापकोटा, नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रमुख कुसुम शर्मा थिइन् ।

Prabhu
Crest

कार्यक्रमको सञ्चालन बीमा समितिका सहायक निर्देशक टेकराज पाण्डेयले गरेका थिए । कार्यक्रममा स्वागत मन्त्व्य प्राधिकरणका सहायक निर्देशक अनिश तिमिल्सीनाले गरेका थिए । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक लोक प्रसाद काफ्लेको पनि सहभागिता रहेको थियो ।

कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्ष, कार्यपालिकाका सदस्यहरु, निर्वाचित वडा सदस्यहरु,  पालिकाका कर्मचारीहरु, कृषकहरु बैंक वित्तिय संस्थाका प्रतिनिधिहरु र बीमकका प्रदेश कार्यालयका प्रमुखहरु तथा शाखा कार्यालयका प्रतिनिधिहरु तथा महिला समुहका व्यक्तिहरु सहभागि थिए ।

कार्यक्रममा बीमा र बीमा प्राधिकरणको बारेमा नेपाल बीमा प्राधिकरण विरगञ्ज कार्यालयका प्रमुख कुसुम शर्माले प्रस्तुतिकरण दिएकी थिइन् । सहभागिहरुले बीमा कम्पनीहरुले केरा खेतीको बीमा गर्न नमानेको र किसानले चाहेको समयमा बीमा हुन नसकेको गुनासो गरेका थिए ।

पशुपन्छीको बीमा गर्नका लागि यस जिल्लाका लागि तोकिएको हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी बाहेक अन्य कम्पनीहरु तयार हुने तर केरा खेतीको बीमाका लागि अन्य कम्पनीहरुले बीमा गर्न नमानेको हुँदा किसानहरुलाई समस्या परेको गुनासो गरेका थिए ।

सहज र सरल रुपमा बीमा गर्न पाउने अवस्था रहेमा किसानहरु अन्य बालीहरु जस्तै मकै, धान, तरकारीहरु सबैको बीमा गर्ने कुरा राखेका थिए । केही किसानहरुले बीमा दावी भुक्तानीका लागि धेरै दःख भोग्नु परेको गुनासो गरेका थिए ।

सहभागी किसानहरुले ऐलानी जग्गा सरकारी निकायबाट प्रमाणित गरिएको अवस्थामा समेत सो जग्गामा लगाईएको खेती बालीको बीमा गर्न बीमा कम्पनीहरुले नमान्ने गरेको गुनासो राखेका थिए । किसानहरुले बीमा सजिलै गर्न सकिने गरी पालिकाले पनि सहजिकरण गरिदिनका लागि आग्रह गरेका थिए ।

उक्त कार्यक्रमा केरा तथा फलफुल उत्पादक संघका अध्यक्ष एक बहादुर श्रेष्ठले बीमा गर्नका लागि किसानहरु तयार रहेको तर समयमा बीमा गर्न नपाएको हुँदा त्यसलाई सहजिकरण गरिदिनुहुन नेपाल बीमा प्राधिकरणलाई आग्रह गरेका थिए । बीमा दाबी भुक्तानी लिनका लागि हिजोको दिनहरुमा धेरै दुःख गर्न परेको हुँदा आगामी दिनमा त्यसको समाधान हुने गरी नीति बनाउनका लागि बीमा प्राधिकरणलाई आग्रह गरेका थिए ।

कार्यक्रममा वागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. का अध्यक्ष थानेश्वर गौतमले कृषकहरुले पनि बीमा गर्दा आफुले राम्रोसँग बुझेर गर्नुपर्ने र किसानहरु पनि जिम्मेवार हुनुपर्ने कुरा राखेका थिए ।

पशुपन्छी बीमामा निजगढमा खासै समस्या नरहेको हुँदा यसलाई सबै किसानको घर घर सम्म पुग्ने गरी बीमा गर्न सकेमा किसानहरु पनि सुरक्षित हुने कुरा राखेका थिए । कार्यक्रममा हिमालयन एभरेष्ट इन्स्योरेन्स सिमरा शाखाका शाखा प्रमुख श्रीराम रेग्मीले बारा जिल्ला कुषि तथा पशुपन्छी बीमाका लागि हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई तोकिएको हुँदा किसानहरुको बीमा गर्दै आइरहेको कुरा राखेका थिए ।

किसानहरुले पनि केरा खेती बीमाका लागि तोकिएको मापदण्ड अनुसार नै केरा खेती गरेमा बीमा गर्नका लागि कुनै किसिमको समस्या नरहेको कुरा राखेका थिए । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख सुरथ पुरीले बीमा सबैका लागि आवश्यक रहेको र बीमा गरी सबै नागरिकहरु ढुक्क भई बस्ने वातावरण हुनुपर्ने कुरा राखेका थिए ।

निजगढ नगरपालिकामा केरा खेती अत्यधिक मात्रामा हुने हुँदा किसानहरुले सजिलै चाहेको समयमा बीमा गर्न पाउने व्यवस्था मिलाउन र किसानहरु बीमा गर्नका लागि सिमरा पुग्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै निजगढ बाटै बीमा गर्न सक्ने गरी तोकिएको बीमा कम्पनीको शाखा कार्यालय खोल्नु पर्ने कुरा राखेका थिए ।

पालिकाले किसानले तिर्नुपर्ने २० प्रतिशत बीमा शुल्क मध्येको ५० प्रतिशत रकम पालिकाले नै भुक्तानी गरिदिएको कुरा समेत राखेका थिए । कार्यक्रमका प्रमुख अतिथिले बीमालाई प्रभावकारी गराउनका लागि सबै सरोकारवाला निकायहरु र सरकारका विचमा प्रभावकारी समन्वय र सहकार्य हुनुपर्ने धारणा राखेका थिए ।

नेपाल बीमा प्राधिकरणले निजगढ नगरपालिकामा यस्तो बीमा सम्बन्धी सचेतनामुलक कार्यक्रम राखिदिएकोमा धन्यवाद समेत दिए । आगामी दिनहरुमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनका लागि आग्रह गरेका छन् ।

कार्यक्रम समापनका क्रममा कार्यक्रमका सभापति नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक, राजुरमण पौडेलले सहभागीहरुले सोधेका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा किसानहरुको घर दैलोबाट नै बीमा दावी भुक्तानी पाउने गरी काम गराउनका लागि बीमा कम्पनीलाई निर्देशन भएको कुरा समेत सहभागीहरुलाई जानकारी दिएका थिए । किसानहरुले पनि बीमा गर्दा प्राविधिक रुपमा तोकिएका मापदण्ड पुरा गरी बीमा गर्नुपर्ने र भोलीका दिनमा दावी भुक्तानी लिनका लागि समस्या नहुने गरि काम गरेमा बीमालाई थप शसक्त र धेरै भन्दा धेरै नागरिक सम्म पुर्याउन सकिने कुरा राखेका थिए ।

किसानलाई राज्यले बीमा गर्दा लाग्ने बीमा शुल्कमा प्रदान गर्दै आएका अनुदान स्थानीय सरकारबाट नै प्रदान गर्ने गरि निति नियम बनाउनका लागि बीमा प्राधिकरणले पहल गरि रहेको कुराको समेत जानकारी गराए । ऐलानी जग्गामा लगाईएको बालीनालीको स्थानिय सरकारबाट ऐलानी जग्गा भनि प्रमाणित गरिएको सिफारिसका आधारमा बीमा गर्न सकिने व्यवस्था निर्देशिकामा रहेको कुराको समेत जानकारी गराए ।

सबै पक्षहरु आ आफ्नो ठाउँबाट जिम्मेवार भएमा समस्याहरुको पनि समाधान हुँदै जाने र बीमा प्रतिको आकर्षण समेत बढ्दै जाने कुरा राखेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS