IME Life
Beema Board

जेठ महिनासम्मको जीवन बीमा व्यवसायमा कुन कम्पनीको बजार हिस्सा कति ? हेर्नुहोस् इन्फोग्राफिक्स

SPIL
NIC ASIA

काठमाडौं । जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुले एक खर्ब २४ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् ।  कुल बीमा शुल्क आर्जन, प्रथम बीमा शुल्क आर्जन, जारी बीमालेख संख्या, नविकरण बीमा शुल्क, सक्रिय बीमा लेखमा कम्पनीहरुको आ-आफ्नो स्ट्रेन्थ रहेकाले यसको बजार हिस्सा सबैको फरक फरक रहेको छ ।

प्रथम बीमा शुल्क आर्जन

Prabhu
Crest

प्रथम बीमा शुल्क आर्जन तर्फ सर्वाधिक धेरै हिस्सा नेपाल लाइफको रहेको छ । जसमा कम्पनीको मात्रै १९ प्रतिशत रहेको छ । जवकी कम्पनीको विगत दुई तीन वर्षदेखिको कारोबारलाई हेर्ने हो भने ३०/३५ प्रतिशतबाट यो अवस्थासम्म झरेको हो ।

दोस्रो स्थानमा रहेको नेशनल लाइफको १२ प्रतिशत रहेको छ । तेस्रो स्थानमा रहेको सूर्यज्योतिको ८.६६ प्रतिशत छ । हिजोका दिनमा नेपाल लाइफले मात्रै बजार ओगट्दै आएकोमा पछिल्लो समय अन्य कम्पनीहरुले आफ्नो हिस्सा बढाउन थालेका हुन् ।

नविकरण बीमा शुल्क आर्जन

नविकरण बीमा शुल्क आर्जन तर्फ सर्वाधिक धेरै हिस्सा नेपाल लाइफको २७.६२ प्रतिशत रहेको छ भने दोस्रो स्थानमा रहेको एलआइसी नेपालकाे हिस्सा १३.६७ प्रतिशत छ । तीन वटा कम्पनी मर्जर पछि नविकरण तर्फ हिमालयन लाइफ तेस्रो स्थानमा छ । हिमालयन लाइफको नविकरण व्यवसायमा बजार हिस्सा ११.३३ प्रतिशत मात्रै छ । यो तीन वटा कम्पनीको संयुक्त व्यवसाय हो । जेठ महिनाको मात्रै नविकरण बीमा शुल्क आर्जनमा नेशनल लाइफको बजार हिस्सा १७.०५ प्रतिशत छ ।

कुल बीमा शुल्क आर्जन

कुल बीमा शुल्क आर्जन तर्फ नेपाल लाइफको २५.९९ प्रतिशत, एलआइसी १२.४३ प्रतिशत, नेशनल लाइफ ११.३० प्रतिशत, हिमालयन लाइफ १०.५४ प्रतिशत हिस्सा रहेको छ । यसरी कुल बीमा शुल्क आर्जनमा ४ वटा बीमा कम्पनीले ६० प्रतिशत बजार ओगटेका छन् । बाँकी ४० प्रतिशत व्यवसायमा ११ वटा कम्पनीले बाँडेका छन् ।

पोलिसी संख्या

चालु आर्थिक वर्षको ११ महिनामा एक करोड ४० लाख वटा पोलिसी सक्रिय रहेका छन् । जेठ महिनामा मात्रै ८ लाख ४५ वटा पोलिसी जारी भएका छन् । पोलिसी संख्याका आधारमा पनि सर्वाधिक धेरै हिस्सा रिलायबल नेपालको २४.५५ प्रतिशत रहेको छ । दोस्रो धेरै हिस्सा नेशनल लाइफको ११ प्रतिशत छ । तेस्रो स्थानमा रहेको सिटिजन लाइफले ९.५७ प्रतिशत हिस्सा ओगटेको छ ।

बीम पोलिसी धेरै देखिनुको पहिलो कारण यि कम्पनीले साना साना बीमाङ्कका धेरै वटा माइक्रोपोलिसी बिक्री गरेका छन् । माइक्रोपोलिसी धेरै हुँदा सक्रिय बीमालेख संख्या पनि धेरै देखिएको हो । पोलिसी संख्याको हिसावले नेपाल लाइफ चौथो स्थानमा छ । पोलिसी तर्फ नेपाल लाइफको बजार हिस्सा ७.५८ प्रतिशत मात्रै छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

8%

दु :खी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS